मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

हिमाली गाउँ उमाकुण्डले दियो नागरिकलाई वडाबाटै सबै सरकारी सेवा

Ujyalosandeshonline 11474+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो । 

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुबस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । यो कार्यक्रम गाउँपालिकाले लगातार ४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको उनले जानकारी दिए । 

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाबाट सात आठवटा  सेवा लिएर नागरिकको घर दैलोमा पुगिएको बताइन् । यो सेवाले नागरिकको ठुलो रकम बचत भएको उनको भनाइ छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले गाउँपालिकाको केन्द्रमा आउन समेत चार घण्टा लाग्ने नागरिकलाई वडामा नै गएर दिने सेवाले निक्कै सहयोग पुगेको बताए । गाउँपालिकाको सानो खर्चले नागरिकले ठुलो सेवा पाएका उनले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयको तर्फबाट नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचयपत्र लगायतका कार्यक्रम लिएर उमाकुण्ड पुगेका अधिकृत भीमराज बस्नेतले सेवा लिने नागरिकहरूको उत्साहजनक सहभागिता रहेको बताए । रातिसम्म काम गरेर भए पनि नागरिकका काम सकेर मात्रै हिँड्ने गरेको उनले जानकारी दिए । उमाकुण्ड गाउँपालिकाको यो प्रयासले संविधानले परिकल्पना गरेको हेर्न सकिने, देख्नु सकिने, छुन सकिने र भेट्न सकिने स्थानीय सरकारको अनुभूति नागरिकलाई दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै