मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ । उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’

उनले आन्दोलनकारी नागरिकहरूका माग सम्बोधनका लागि छिटो समाधान निकाल्ने प्रतिबद्धता जनाउँदै शान्ति र स्थिरता कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । यसअघि राष्ट्रपति पौडेल सार्वजनिक गर्न माग गर्दै युवाहरुले सामाजिक संजालमा अभियान चलाएका थिए । 

......................

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गदैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन ग्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुनर संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार