मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैँगिक समानता विषयक कार्यशाला

Ujyalosandeshonline 12441+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना तथा शताब्दी रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र लैँगिक सामानता र सामाजिक समावेशीकरणको विषयमा कार्यक्रम संयोजक ज्योति पौडेलले प्रस्तुतिकरण दिएकी थिईन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका उपमेयर कल्पना हरिजनले समाजमा लैँगिक समानता कायम राख्नुपर्ने बताईन् ।जेष्ठ,अपांग,दलित र अल्पसंख्यकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकाबाट प्राथमिकता दिएर काम गर्दै आएको बताईन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,वडाअध्यक्ष तथा कार्यपालिका सदस्य,शताब्दी रिसर्चका टिम,नगरपालिकाका शाखा प्रमुख तथा महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार