मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |
मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |


नयाँ बर्षमा घुमघाम : कर्णालीमा कहाँ घुम्ने ?

Ujyalosandeshonline 11002+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

खगेन्द्र भट्टराई

सुर्खेत । नयाँवर्ष २०८२ भित्रिएको छ । नयाँ बर्षमा कतै नयाँ ठाउँमा घुम्ने योजना बनाउनेहरुका लागि कर्णाली एक आकर्षक गन्तव्यहुनसक्छ । नयाँबर्षको सदुपयोग गर्न धेरैले आफ्नो पायक पर्ने रमणीय स्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । तपाइले पनि नयाँ बर्षमा कर्णाली घुम्ने योजना बनाउनु भएको छ भने यी ठाउँहरु उपयुक्त हुन सक्छन् ।

कर्णालीका आकर्षण

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटन गन्तव्यका रुपमा घोषणा गरिसकेको छ । प्रदेश राजधानी सुर्खेतमै केही प्रसिद्ध पर्यटकीय स्थलहरु छन् । देउती बज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रुपमा चिनिएको देउती बज्यै, शहिद पार्क लगायतका स्थानहरु सुर्खेतको वीरेन्द्रनगर भित्रकै आकर्षण हुन् । त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटा लगायतका स्थानहरुले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।

यि गन्तव्य सँगै दैलेखको पञ्चकोशी, कालिकोटको पचाल झरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरुले कर्णालीको मात्र होइन मुलुककै पहिचान दिइरहेका छन् ।

त्यसका साथै कर्णालीका केही मानव निर्मित स्थानहरुले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् । तीमध्ये सुर्खेतको सहिदपार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजल स्थित पेट्रोलियम पदार्थ उत्खनन् स्थल, कालिकोटको पिली क्षेत्र (युद्ध पर्यटकीय स्थल) राष्ट्रगुरु योगी नाथको जन्मस्थान नरहरी नाथको लालु, कालिकोटको त्रिवेणी पाटन, रुडुबन्चु लगायत का क्षेत्रहरु कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु हुन् । 

कसरी जाने ?

कर्णालीका यी सबै पर्यटकीय गन्तव्यहरुमा पुग्न कर्णालीको राजधानी आउनै पर्छ । काठमाडौ देखि सुर्खेत सम्म हवाइ जहाज र बसको यात्रा गर्न सकिन्छ । काठमाडौ देखि सुर्खेत हजाइ जहाजले १ घण्टा १० मिनेट र बसमा २४ घण्टाबढी समय लाग्ने गर्दछ । सुर्खेत पुगेपछि काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै र सहिद पार्कको घुमघामका एकै दिनमा सकिन्छ । अनि बाँकी अन्य जिल्लाहरुमा स्थल र हवाई मार्ग दुवै प्रयोग गर्न सकिन्छ । डोल्पा, जुम्ला, हुम्ला र मुगु जिल्लामा हवाई यात्राका लागि नेपालगन्ज भएर जान सकिन्छ ।

सुर्खेत पुगेपछि एक पटक धेरै पर्यटकीय स्थलहरुमा घुमघाम गर्न पाइन्छ । सुर्खेत आउने जोकोहीका लागि पनि बुलबुले ताल, काँक्रेविहार र देउतीबज्यैको दर्शन प्रमुखआकर्षक मानिन्छ । कर्णालीप्रदेशको राजनधानी भएसंगै सुर्खेतका यी पर्यटकीय स्थानहरुले पर्यटकको आकर्षण बढाएका छन् ।

सुर्खेत कर्णाली प्रदेशको राजधानीसंगै यो प्रदेशको प्रदेशद्धार पनिहो । कर्णालीका थुप्रै पर्यटकीय स्थलहरु मध्येको सुर्खेतका यी स्थलहरुले पर्यटकहरुलाइई आकर्षण गरिरहेका छन् । 

देउती बज्यै

देउती बज्यै कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीय स्थलका रुपमा चिनिएका छ । सुर्खेत पुग्ने वित्तिकै गंगामाला देउती बज्यैको मन्दिरको दर्शन गर्न पाइन्छ । रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरा देखि दुई सय मिटर दक्षिणमा अवस्थित यो मन्दिर हिन्दु धर्मावम्वीहरुको प्रमूख आकर्षण पनि हो ।  गंगा माला देउतीबज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजीजाति सँग जोडिएको छ । देउतीमाईका सात बहिनी मध्ये केशमाला सल्यान कालीका माटी, रतन माला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्माला कल्याण सुर्खेत, चामामाला बबैगुठी बर्दिया, राममालाछिन्चु सुर्खेत र गंगामाला नयाँ गाउँ पिपिरा सुर्खेत रहेको भन्ने जनविश्वास छ । देउती बज्ये को दर्शनले मनोकांक्षा पुरा हुने जन विश्वास रही आएको छ । 

बुलबुले ताल

सुर्खेतको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमूख पर्यटकीय आकर्षण हो । कर्णाली प्रदेशको स्थायी राजधानी भए संगै बुलबुले तालमा आउने पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको छ । जमिन मुनिबाट बुलबुल गर्दै पानी आउने भएर नै यसको नामाकरण बुलबुले ताल गरिएको हो ।

३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुलेल ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थल सहित एउटा पछिल्लो समय बोटिङ गर्न पाइएने भएपछि दैनिक पर्यटकहरुको संख्या बढी रहेको छ ।

पिकनिकका लागि आवश्यक सामग्रीहरू त्यहीं किन्न सकिन्छ भने तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ । तालको पूर्वतिरका ५ धारमा महिला र दक्षिणतर्फका धारमा पुरुषहरुले नुहाउने गरिएको छ ।

काँक्रे विहार

सुर्खेतको काँक्रे विहार दोस्रो लुम्विनीका रुपमा परिचित छ । तेह्रौ शताब्दी तिर काँक्रेविहार निर्माणको अनुमान गरिए पनियसको आधिकारिक तथ्य भने भेटिएको छैन । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिवमन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्धलामा समेतलाई लिने गरिएको छ ।

काँक्रे विहारको भग्ना वशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारिगरले विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुदेको भग्नावशेष पाइन्छ । प्रायःजंगलभरी यस्ता बुट्टाहरु कुदिएका ढुङ्गाहरु भेटिन्छन् ।

बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धित मानिएको छ । २०७१ सालको भुकम्पले भग्नावशेष भएको काँक्रे विहारलाई पुर्ननिर्माण संगै यहाँ आउने पर्यटकहरु बढेका छन् । काँक्रे विहार क्षेत्रमा घोडामा चढेर घुम्नमिल्ने भएपछि स्थानीय पर्यटकको पनि रोजाईमा परेको छ । 

ज्वाला र पञ्चकोशी

सुर्खेतबाट कर्णालीको याात्रा मा निस्कने जो कोहीका लागि सुर्खेतको छिमेकी जिल्ला दैलेखमा रहेको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिलापञ्चकोशी क्षेत्र पर्यटककालागिअर्को रोजाई हुन् ।पञ्च कोशीको शीरस्थान, नाभि स्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीयहरु पनि आउँछन् । श्रीस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्तिपीठ पर्दछन् ।भैरवी, मालिका, स्वामीकार्तिक्य, बिन्ध्यावासीनी, लामाद्वाला आदि चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दू धर्मावलम्वीको लागि मात्र नभएर बौद्ध धर्मावलम्बीको लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्तहुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँच वटा पवित्र तीर्थ दैलेखमै छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे÷नरहेको अनुसन्धान गर्दैछ । दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विक धारा, मठ मन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् । पञ्चकोसी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको मानिन्छ । दैलेख धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले दैलेख महत्वपूर्ण जिल्लाहो । 

सुर्खेत देखि बस यात्रामा साढे तीन घन्टामा दैलखेको रानीमत्ता गुराँसे लेक हुँदै सदरमुकाम पुग्न सकिन्छ । दैलेख बजार पुगेपछि कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु र पञ्चकोसी धार्मिक पर्यटन विकास (पञ्चकोसी ज्वाला क्षेत्र) छनोट गर्न सकिन्छ ।

पचाल झरना

कालिकोटको  पचालझरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचालझरना’उत्कृष्टनयाँ पर्यटकीयगन्तव्यमापर्छ । ३ सय ८१ मिटर लम्बाइभएको यो एसियाकै सबैभन्दाअग्लो झरनाका रूपमादाबी गरिएको छ । तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुम स्थितह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाको रुपमा परिचित छ । कालिकोट सदरमुकाम देखि करिब १६ घन्टाको पैदल यात्रा पछि पचाल झरनामा पुग्न सकिन्छ । पछिल्लो समय कर्णाली करिडोर सञ्चालन भएपछि भचाल झरना पुग्न केही सहज भएको छ । कर्णाली नदीको किनारै किनार झचाल झरनासम्म पुग्दा थुप्रै आकर्षक दृश्यहरु पनि देख्न पाइन्छ ।

कालिकोटमा पुगेपछि राष्ट्रगुरु योगी नरहरी नाथको जन्मस्थान पनि नजिकै छ । जसको नाममा योगी नरहरी नाथ गाउँपालिकाको नामाकरण गरिएको छ । नरहरी नाथमा पुगेपछि पाँच घण्टाको पैदल यात्रा पछि अछामको रामारोसन र बाजुराको बढीमालिका पुग्न सकिन्छ । यो यात्रामा स्थानीय उत्पादनका परिकारहरु र अधिकत्म दहीदुध र महको स्वादलिन सकिन्छ । 

कुपिन्डे दह

सल्यानको बनगाडकु पिन्डे नगरपालिकाको सेजुवालटाकुरा, मार्के, माझकाँडा, धाजीपीपल र कजेरी बस्तीको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीनपटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनिकुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमश्रृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् ।

कुपिण्डे दह ३४ मिटर गहिरो, २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइआठ सय ३४ मिटर र चौडाइपाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

चारैतिर  पहाडले घेरिएको र बीचमानीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँपुग्ने जो कोहीलाई पनि मोहितबनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमानीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।

सल्यान सदरमुकाम खंलङ्गाबाट एक घण्टाको बस यात्रा पछि कुपिण्डे दह पुग्न सकिन्छ । वीरेन्द्रनगर सुर्खेतबाट २ घण्टाको बसको यात्रामा कुपियडे तालमापुगिन्छ । तालमा घुमेर फर्किए पछि सल्ली बजार, बालुवा संग्रही या खलंगागएर पनिबास बस्न सकिन्छ ।  

शे–फोक्सुन्डो ताल

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुन्डो ताल । छिनमानीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छताल । काञ्जिरोवाहिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ । यसको अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर  । ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ । डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थानहो । डोल्पामै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा पाइन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ ।

माथिल्लो डोल्पा पदमार्ग भित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थान मा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो । काठमाडौं–सुर्खेत–जाजरकोट–डोल्पा सडक यात्रा बसमा डोल्पा सदरमुकाम दुनैसम्म गाडिको यात्रामा जानु पर्ने हुन्छ । सुर्खेत–जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म २५५ किमि सडकमा सहजै सवारी सञ्चालनमा छन् । जुफाल–सुलिगाड ८ किमिजीपमा यात्रा गरेपछि। सुलिगाड बाट दुई दिन एक बिहानपदयात्रामाफोक्सुन्डो तालपुगिन्छ।तालनजिकखानबस्नकालागिहोटलहरुको सुविधा छ । 

लिमी उपत्यका

अझैपनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्लाहो,हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पदमार्ग पछि लिमी उपत्यका पुग्न सकिन्छ । ११ औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना–ठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्र हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् । महँगामूर्ति, पौराणिक वास्तुकला लिमीका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिककला कृति लगायतका वस्तु अति नै लोभ लाग्दा छन् ।

प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण मानियको यो उपत्यका समुद्री सहतबाट १७हजार फिट उचाइमा अवस्थित छ । लिमी उपत्यकाको लाप्चा नाका बाट तिब्बतको कैलाशमान सरोवर दर्शन गर्न सकिन्छ । जाङ, हल्जी र तिलगाउँबाट कैलाशमान सरोवर पैदल पनि हिँडेर जान सकिन्छ । १९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजु लगायतका सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ ।

लिमीउपत्यकामै वनचौंरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालु लगायतकादुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालितक्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणितभएको छ । हिन्दु र बौद्ध दुबैको तीर्थस्थलमान सरोवर पुग्नहुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौंको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । हुम्ला विश्व तीर्थ यात्री र मानसरोवरका लागि प्रवेशद्वार पनि हो ।

स्यार्पु ताल

रुकुमको स्यार्पु ताल बर्षातको समयमा एक पटक अवलोकन गर्नै पर्ने तालहो । मुसिकोटबाट राता माटा, गाराघाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटाबाटो छ भने मुसिकोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ । चारैतिर हरियाली गाँउ बिचमा सुन्दर तालमा डुंगा शयर गर्नुको मज्जा बेग्लै छ । रुकुम जिल्लालाई पर्यटकीय दृष्टीकोणले अग्रपंतिमा लिनको लागी यो स्यार्पु तालको उत्तिकै महत्व छ । रुकुम सदरमुकाम देखी १ दिनको पैदल दुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्यार्पु तालमा रमाउन पुग्ने पर्यटकका लागी हो मस्टे पनि सञ्चालनमा छन् । तालमा ¥याफ्टिङ बोट सञ्चालनमा ल्याईएको छ । ८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा सञ्चालनमा छन् ।

तालको चारैतर्फ मिलेर बनेका वस्तिहरु, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पु सम्म पुग्दा सोहीबाटो भएर सुसाउँदै बहने सानी भेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्शाएको छ । स्यार्पुतालमा जानका लागि सवारी साधन गाडि नै हो । रुकुमपश्चिम सदरमुकाम खलंगा पुगेर डिग्रे साई कुमारी मन्दिर दर्शन गरेर पनि स्यार्पु आउन सकिन्छ भने सुर्खेतबाट ७ घण्डामा सुर्खेत पुग्न सकिन्छ । 

रारा ताल

रारा नेपालको भर्जिन पदमार्ग सहितको गन्तव्यहो । साह सिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझतालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृति सँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमाबोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ ।

नेपालकै सबैभन्दाठूलो र प्रसिद्धतालको हो रारा । कर्णालीप्रदेशको मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रमशाहले वि.स २०२० सालमा स्वर्गकीअप्सरा भनेर उपमादिएकाथिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्वबढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा तालपुग्नअहिले बहुत सहजताआएको छ । यो मौषम रारा भ्रमणका लागिउपयुक्तमानिन्छ । रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७मिटर छ । रारा तालकुल १०.८ किलोमिटरमा फैलिएको छ ।

राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउ का परिकारहरू कोसेलीको रूपमा ल्याउन सकिन्छ । सडक र हवाई दुवै माध्यमबाटजान सकिन्छ । हवाई यात्राकालागि नेपालगञ्जबाटमुगुको ताल्चाविमानस्थलसम्महवाई सुविधा छ । ताल्चा विमान स्थलबाट करिब तीन घण्टा पैदल यात्रापछि रारा तालपुग्न सकिन्छ । हवाई यात्रानियमितउडाननहुन सक्छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाटमुगुको गमगढीपुगिन्छ र गमगढीबाटकरिब ३ घण्टा पैदल यात्रामा रारा तालपुगिन्छ । रारा भ्रमणगर्दा खाने वस्नेलगायत औसतमा दैनिक २ हजार खर्च लाग्छ । 

नेपालगञ्जबाट ताल्चा विमानस्थल सम्मको यात्रा करिब ६ हजार भएपनि यो रकम फेरबदल भइरहन्छ । वीरेन्द्रनगरबाट रारा जानका लागि नियमित गाडीबाट निकै कठिन हुन्छ । त्यसैले फोर ह्वीलवाला गाडी रिजर्भमा जाँदा दिनको ६÷७ हजार रुपैयाँ खर्च लाग्छ ।

चन्दन नाथ मन्दिर

कर्णालीको प्रमुख धार्मिक पर्यटकीयस्थल चदन नाथ भैरवनाथ मन्दिर पनि एक हो । जुम्ला खलंगाको बीचमा रहेको चन्दन नाथ मन्दिरमा एक वर्षमा ५२ हप्ताहुने भएकोले ५२ हाते लिंगो खडा गर्नुपर्ने प्रचलन छ । लिंगोलाई रातो, सेतो, रङ्गीबिरङ्गी कपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भााँचियो वाखण्डितभयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जन विश्वास छ । देवताको जयघोष र पूजाआरती, भजनकिर्तनका साथलिंगो फेर्ने चलन रहेको छ । चन्दन नाथ मन्दिरसँगै जोडिएको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।

६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य ३ हजार पटक भएको देखिन्छ । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने परम्परा छ । जुम्ला राज्यको स्थापना सँगै १४४८ मा राजा बलि राजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । पटकपटक यो मन्दिरले विभिन्न समस्याझेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्यकब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दन नाथ बाबाले मन्दिर निर्माण गरी चरण पादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।

चन्दननाथ जानका लागि राराको यात्रा बनाएर २ घण्टा खलंगापुगेर पनिघुमेर फर्किन सकन्छि । चन्दन नाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातो पानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिंजा उपत्यका पनिघुम्न सकिन्छ । 

सांस्कृतिक विविधता

कर्णाली प्रदेशको राजधानी घोषणाहुनु अघि पनि सुर्खेत तत्कालिन मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको सदरमुकाम हो । त्यसैले पनि यहाँ कर्णाली प्रदेशका अन्य सबै जिल्ला का मानिसहरुको बसोबास रहेको छ भने सुदूरपश्चिम प्रदेशको अछाम बाजुरा लगायतका जिल्लाहरुबाट पनि मानिसहरुको बसोबास छ ।

सबै जिल्लाका मानिसहरु यहाँ बसोबास गर्ने भएकाले पहाड, हिमालतथा तराईको साँस्कृतिक विविधता पनि पाइन्छ । कर्णालीमा मागल, झोडा, देउडा लगायत विभिन्न जातजातीको संस्कृती पनि यहाँ हेर्न लायक छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार