मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपरासीमा साढे तीन लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
३० असार २०८२, सोमबार

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले पछिल्लो दुई दिनमा जिल्लाका विभिन्न स्थानबाट करिब ३ लाख ५७ हजार रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ । प्रहरीको संयुक्त गस्ती टोलीले बर्दघाट, सरावल, रामग्राम, सुनवल र प्रतापपुरका विभिन्न स्थानबाट उक्त मूल्य बराबरका सामान नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानमा सबैभन्दा बढी मूल्यको कफी र कस्मेटिक सामग्री रहेका छन् । यसका साथै प्रहरीले एसी ग्यास, कपडा, पित्तलका मूर्ति र माछा लगायतका अन्य सामग्री पनि बरामद गरेको छ । बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको र सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार