मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लुटपाटपछि हत्या गर्ने दुई जना ६ वर्षपछि प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 11005+ समाचार ( )
५ पौष २०८०, बिहीबार

काठमाडौं । लुटपाटपछि हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची सिद्धगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षे जगत विश्वकर्मा र धादिङको मूलपानी घर भई हाल त्रिपुरासुन्दरी गापा ३ तल्लो पोखरा बस्ने ४६ वर्षे शिवराम अधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अधिकारीलाई विमानस्थलबाट हिजो पक्राउ गरिएको हो भने हत्यामा संलग्न भनिएका  अर्का आरोपी विश्वकर्मा भने चोरी अभियोगमा जेलमै रहेको पाइएको प्रहरीले जनाएको छ ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले ६ वर्ष अघि भएको लुटपाट र हत्या प्रकरणमा संलग्न रहेका उनीरुहलाई कतव्र्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

२०७४ पुष ३० गते अन्दाजी ४ः ३० को समयमा काजी कामनपा बल्खु भूमेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकी एक महिलालाई टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारिएको थियो ’ उनले भने, ‘घटनाको मुख्य योजनाकार जिल्ला धादिङ मूलपानी गाविस हाल त्रिपुरासुन्दरी गापा ३ तल्लो पोखरा बस्ने वर्ष ४६ का शिवराम अधिकारी, यो घटनाको उद्देश्य लुटपाट पश्चात हत्या भएको देखिन्छ ।’

घटनाका मुख्य योजनाकार अधिकारी भने गत साउनदेखि नकाव चोरी मुद्दामा तीन वर्षको कैद भुक्तान गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृत सुरक्षा केसीले, शिवराम अधिकारी नाम परिर्वतन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘जगत विश्वकर्मा नेपाल फर्किने भन्ने गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा २०८० पुष ४ गते पक्राउ परेको हो । शिवराम अधिकारी २०७९, ७ महिना २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरि अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको, २०८० साउन २४ गते अनुसन्धान पश्चात पीडितको जाहेरी लिई थप अनुसन्धानको लागि प्रहरी वित्त कालिमाटी पठाइएकोमा थप अनुसन्धान भइरहेको छ । र शिवराम अधिकारी हाल कारागारमा नै रहेको छ ।’ 

अनुसन्धानको क्रममा शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिने प्रलोभनमा पारी लुटपाटपछि हत्या गरेको खुल्न आएको केसीले जानकारी दिइन् । उनले भनिन्, ‘अनुसन्धानबाट हालसम्म शिवराम अधिकारीले मृत्यु भएको महिला नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिन्छु भनी १५, २० हजार पैसा र गरगहना लगाई आउ भनेर फोन गरेर बोलाएको खुल्न आएको छ । शिवरामसहित जगत विक नाम गरेको अर्को व्यक्तिको संलग्नता पनि खुलेको छ । ढुङ्गाले प्रहार गरेर उनीहरु मृतकले लगाएको गहना मुन्द्री र नगद लिएर फरार रहेका थिए ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार