मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

शीतलहर र हिमपातबाट जनजीवन प्रभावित : तत्काल राहत र सहयोगका लागि प्रचण्डको अपिल

Ujyalosandeshonline 11467+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तन सँगै बढ्दो चिसोका कारण देशका विभिन्न भागमा जनजीवन कष्टकर बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आज एक अपिल जारी गर्दै संयोजक दाहालले तराई–मधेसमा चलिरहेको शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भइरहेको हिमपातले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर पुर्‍याएको बताउनुभएको हो ।

दाहालले आफ्नो अपिलमा विशेषगरी समाजका गरिब, विपन्न र सीमान्तकृत वर्ग चिसोबाट बढी पीडित भएको उल्लेख गर्नुभएको छ । "चिसोका कारण खासगरी समाजका गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडित भएका छन्, उनीहरूलाई तत्काल सहयोग पुर्‍याउन म सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु," अपिलमा भनिएको छ ।

संयोजक दाहालले बढ्दो चिसोका कारण हुन सक्ने मानवीय क्षति र स्वास्थ्य समस्यालाई रोक्न आवश्यक प्रतिकार्यका लागि स्थानीय, प्रदेश र संघीय गरी तीनवटै तहका सरकारसँग विशेष आग्रह गर्नुभएको छ । उहाँले विपद्को यस घडीमा सरकारले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार