मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

काउली र बन्दाको मुल्य कम हुँदा किसान मर्कामा

Ujyalosandeshonline 12437+ समाचार ( )
३० माघ २०८१, बुधवार

रौतहट । रौतहटका बजारमा काउली र बन्दाको मुल्य कम हुँदा किसान  मर्कामा परेका छन । अहिले काउली र बन्दा यहाका स्थानिय  बजारमा ८ देखि १० रुपैयाँमा पाइन्छ । खेतीमा लागेको लागत  र मेहनत अनुसार यो मुल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरु बताउछन ।

जिल्लाको उतरी भेगमा काउली र बन्दाको उत्पादन बढी हुने गर्दछ । यहाका अधिकाश कृषक काउली र बन्दाको खेती गर्ने गर्दछन । यो मूल्यमा काउली र बन्दा बिक्री गर्दा घाटा हुने वृन्दावन नगरपालिका वडा नं–१,बलेरीका कृषक शिवचन्द्र पटेलले बताए । उनका अनुसार यहाका बजारमा भारतीय तरकारी सस्तोमा पाइने भएपछि समस्य भएको हो ।

भारतीय तरकारी यहाका हाट बजारमा सहजै  र सस्तोमा पाइन थालेपछि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यो समयमा गत बर्ष काउली प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म बिक्री गरेको कृषक  पटेलले बताए । यस पटक आफुले ८ कठ्ठामा काउली र बन्दाको खेती गरेको उनले बताए । यस बर्ष घाटा ब्यहोर्नु परेकाले अब अर्को बर्ष देखि अन्य बालि लगाउने सोच बनाएको उनले बताए । अब अर्को बर्ष मकै खेती गर्ने योजनाम रहेको उनले उल्लेख गरेका छन । 

कृषि ज्ञान केन्द्र गौरका अनुसार काउली र बन्दाका लागि यस जिल्लाको  हावापानी उपयुक्त भएपनि मुल्यका कारण कृषक बिस्थापित हुन थालेका हुन । भारतमा उत्पादन हुने कृषि उपजहरु  नेपाली बजारमा पाइने भएकाले  यहाका कृषक मर्कामा पर्दै आएको कृषि ज्ञान केन्द्र गौरले जनाएको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार