मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रुपन्देहीमा मल विवाद: सहकारी अध्यक्षमाथि पेट्रोल प्रहार, एक पक्राउ

जैसमोहम्मद खान 76+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा युरिया मल नपाएको झोँकमा एक व्यक्तिले सहकारीका अध्यक्षमाथि पेट्रोल प्रहार गरेका छन्। प्रहरीले आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

इलाका प्रहरी कार्यालय, मझगाँवाका अनुसार, कोटहीमाई गाउँपालिका-३ मर्यादपुरस्थित गणेश साझा सहकारी संस्थाका अध्यक्ष ५७ वर्षीय रामपूत राजभरमाथि सोही स्थानका ४३ वर्षीय चन्द्र मोहन गुप्ताले पेट्रोल प्रहार गरेका हुन्। मंगलबार दिउँसो करिब १२ बजेतिर बाटोमा हिँडिरहेका राजभरलाई गुप्ताले पछाडिबाट आएर मिनरल वाटरको बोतलमा बोकेको पेट्रोल छर्केका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सहकारीबाट युरिया मल नपाएको विषयमा विवाद हुँदा गुप्ताले आक्रोशमा आएर यस्तो हर्कत गरेको खुलेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, मझगाँवाबाट खटिएको प्रहरी टोलीले गुप्तालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। पक्राउ परेका गुप्तालाई इलाका प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार