मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छः मन्त्री महर्जन

Ujyalosandeshonline 12437+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

युवाहरूको प्रतिभाको पहिचान  र सृजनात्मकताको विकास, पर्यटन, रोजगारमार्फत् आर्थिक विकासमात्रै नभई राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानमा समेत खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै राज्यले स्थानीय र राष्ट्रिय स्तरमा खेलकुदका कार्यक्रमहरूलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए । 

मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक आधारभूत संरचनाहरूको विकास गर्ने, प्रशिक्षण केन्द्र, र खेलकुद सामग्री उपलब्ध गराउने, प्रशिक्षण र तालिम कार्यक्रमलाई तीब्र पार्नुको साथै खेलाडीहरुलाई प्रोत्साहन दिन विशेष अनुदान र पुरस्कारको व्यवस्था गर्ने बताए ।

त्यस्तै प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रम अघि सारिएको भन्दै आगामी दिनमा त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए । लेवट डोजो÷इन्टरनेशनल बादो फेडेरेशन नेपाल र नेपाल कराते महासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्ला भरका करिब २ सय जना महिला तथा पुरुष खेलाडीहरुले सहभागी थिए ।कार्यक्रममा विजेता खेलाडीहरुलाई शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । 

डोजोका अध्यक्ष पेमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष ढलकबहादुर थापा, नेपाली कांग्रेसका नेता प्रभातकुमार दाहाल, आठौँ साफ स्वर्ण पदक विजेता तथा नेपाल कराते महासंघका सदस्य रवि महर्जन, खेलकुदसम्वद्ध संघ संस्थाका राजु मुक्तान, रविन्द्र घिमिरे, प्रमुख प्रशिक्षक मोहन महर्जन तथा डोजोका सल्लाहकार टेकनाथ शिवाकोटीलगायतले खेलकुद क्षेत्रको प्रर्वद्धनको विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार