मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘माओवादीलाई रुपान्तरित हुन ठाउँ दिनु कमजोरी होइन’

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीले माओवादीलाई रुपान्तरित हुन दिनुलाई एमालेको कमजोरीका रुपमा बुझ्न नहुने बताएका छन् । ओलीका विभिन्न सन्दर्भ संगृहीत पुस्तक ‘संसदमा केपी शर्मा ओली’ को राजधानीमा मंगलबार भएको लोकार्पण समारोहमा उनले यस्तो बताएका हुन् ।

‘यो किताब २०४८ देखि ७४ सम्मको इतिहासको अभिलेख जस्तो भएर आएको छ । हामी के काम गर्न र के विषयमा चुकेका छौ भन्ने कुरा स्पष्ट पार्न पनि यो दस्तावेजले सहयोग गर्न सक्छ,’ उनले भने, ‘राज्य व्यवस्था कमजोर हुँदाको परिणाम आजको अवस्था हो भन्नको लागि उहाँले सुशासनको पक्षमा संसदमा गरेका कुराले नेपालको लोकतन्त्रलाई कुन बाटोमा जाने भनेर बाटो देखाउँछ ।’ 

विगतमा माओवादीले हिंसा र आतंकलाई माध्यम बनाएर राजनीति गरिरहेकाले त्यसबेला विरोध गर्नु स्वाभाविक भएको उनले बताए । ‘बदलिए, रुपान्तरित माओवादीसँग सहकार्य गर्ने, राष्ट्रको नीतिको कुरा हो, तर माओवादी रुपान्तरित हुन सकेका रहेनछन् । त्यो माओवादीको कमजोरीको कुरा हो,’ उनले भने, ‘रुपान्तरित हुन खोजेका माओवादीलाई रुपान्तरित हुन ठाउँ दिने कुरा केपी कमरेडको कमजोरीको रुपमा बुझ्नु हुँदैन । ठाउँ दिएर पनि त्यसको सदुपयोग नगर्नेहरु नै कमजोर हुन् ।’

उनले राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धनको गतिविधिप्रति तिक्तता पोखे । एमालेले हालै गरेको झुलाघाट–चिवाभन्ज्याङ यात्राका बारेमा पनि बताए । उक्त यात्राका क्रममा कोशी प्रदेशका केही जिल्लामा एमालेले अवरोधको सामना गर्नु परेको थियो ।

‘हामीले सम्पन्न गरेको यात्राको क्रममा कोशीभित्र जुन प्रकारको जातीयताको बीजारोपण गर्ने कोसिस भएको छ । स्वयम् सत्ता पक्षबाट, एकातर्फ हामी संघीयताको च्याम्पियन हो भनेर दाबी गर्ने तर, प्रदेश सभाले गरेको निर्णयलाई अस्वीकार गर्ने र त्यही अस्वीकार पक्षसँग राज्य घाँटी जोड्न पुग्ने र समाजलाई विभाजनतर्फ लाने प्रयास त्यो यात्राको क्रममा देखिएको छ,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार