मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मधेश प्रदेश सरकारले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि एक अर्ब दिने

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ पौष २०८१, आइतबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ दिने बताएका छन् । जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उदघाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डीपीआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए । 

उनले डीपीआर तयार गर्न केही प्राविधिक समस्याहरु समाधान भइसकेको र अबको केही दिनभित्रै डीपीआर तयार भइसक्ने बताए । मुख्यमन्त्री सिंहले भोलि २२ गते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसँग सम्झौता हुन लागेको समेत जानकारी दिए । 

त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्रसंग अनुमति लिने प्रक्रिया बढाइने उनले जनाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा घोषणा गरेका एक अर्ब रुपैयाँ अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप एक अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशका युवाहरुलाई कुनै न कुनै खेलमा आवद्ध हुन आग्रह गरे । खेलकुदको विकासमा मधेश प्रदेश सरकार सधैं सकारात्मक रहेको र आगामी दिनहरुमा झन बढी लगानी गर्ने सोच बनाएको बताए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन  । 

क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले प्रतियोगिताको आयोजना गरिएको बताए । प्रधानमन्त्री कपमा शिर्षका चार टोलीलाई समावेश गरेर प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि प्रतियोगितलाई थप विस्तारित बनाइने खडकाले बताए । 

पूर्वाधार तथा आयस्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गरिएको बताउँदै खडकाले तीनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।प्रतियोगिताको उद्घाटन खेल जनकपुरधाममा मधेस प्रदेश र बागमती प्रदेशबिच भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार