त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन

Ujyalosandeshonline 11020+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने जनाएको छ ।

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’कार्यालयको सूचनामा उल्लेख छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार