मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार, २ जना पत्रकार नगदसहित पुरस्कृत

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रुपन्देही शाखाको तेस्रो अधिवेशन तथा वार्षिक साधारण सभा सोमबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले पुनः टंक सुनारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो ।  संघको उपाध्यक्षमा सुरेश परियार, सचिवमा कृष्ण रणपाल, सह–सचिवमा गोविन्द रसाईली र कोषाध्यक्षमा ज्ञान कुमारी विक चयन भएका छन् । 

त्यस्तै गरी कार्यसमिति सदस्यहरुमा प्रमोद नेपाली, मनिषा बस्याल नेपाली र भोजेन्द्र नेपाली रहेका छन् । एकजना सदस्य पछि संघको पहिलो बैठकबाट मनोनयन गरिने भएको छ । अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जातीय पहिचानको पेशा पछाडि परेर युवाहरु बेरोजगार भएको  बताउँदै पेशा संरक्षण हुन आवश्यक रहेको बताए ।

उनले पेशालाई समयसँगै आधुनिकीकरण गर्न सक्नुपर्ने बताउँदै विसे नगर्चीको योगदानको बारेमा चर्चा गरे । उनले उपमहानगरपालिकाले रोजगारसँ प्रत्यक्ष सरोकार राख्ने किसिमका विभिन्न तालिमहरु प्रदान गरेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बोल्दै रुपन्देहीमा दलित पत्रकारहरुको संख्या तुलनात्मक रुपमा धेरै भए पनि गुणात्मक रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले पत्रकार महासंघले सधै सहकार्य गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार अधिवक्ता डा.बालकृष्ण चापागाईंले बोल्दै २१ औं शताब्दीमा पनि जातीय विभेद हुनु अत्यन्तै दुःखद भएको बताए । उनले यसको अन्त्य र समतामूलक समाज निर्माणका लागि  आफू सधै लागिरहेको बताए । 

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले बोल्दै दलित अधिकार नै मानव अधिकार भएको बताए । उनले शान्ति समाजले जातीय विभेदका विषयमा सधै पहलकदमी गरेको बताए ।

त्यसै गरी राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले बोल्दै रुपन्देही शाखाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै पुरस्कार सौजन्य गर्ने विसे नगर्ची फाउण्डेशनलाई  धन्यवाद व्यक्त गरेका थिए । उनले आफूले प्राप्त गरेको पुरस्कार राशी संघकै रुपन्देही शाखाको संस्थागत विकासका लागि प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, केन्द्रीय सदस्य चिन्ता परियार, संयुक्त दलित संघर्ष समितिका अध्यक्ष हरिओम विश्वकर्मा, विसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष रामकुमार रणपाल,  प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेल, नेपाल प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष कल्पना तिवारी, आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष सोनु थापालगायतले बोल्दै दलित पत्रकारहरुको हकअधिकार र संरक्षणका लागि सधै सहकार्य गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष टंक सुनारले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण रणपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । संघका उपाध्यक्ष शशी परियारको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश परियारले गरेका थिए ।

पत्रकार विनोद  परियार र फुलु  सुनार पुरस्कृत

अधिवेशनका अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले  बसे नगर्ची एकताको प्रतिक नेपालसँगको  सहकार्यमा स्थापना गरेको पुरस्कारबाट पत्रकार विनोद परियारलाई पुरस्कृत गरेको छ । 

जातीय भेदभाव तथा सामाजिक न्यायका पक्षमा कलम चलाएको भन्दै पत्रकार परियारलाई नगद दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बिसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष रामकुमार रणपाल संघका अध्यक्ष टंक सुनारले पुरस्कार प्रदान गरे । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका परियार विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन । संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका परियार नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत हुन । परियार रेडियो जागरण, खस्यौली साप्ताहिक, हिमाल प्रेस लगायतका मिडियामा आबद्ध छन । 

त्यस्तै सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार फूलु सुनार पुरस्कृत भएकी छन् । संघले  ओम पाल्पाली सुनचाँदी पसलका सञ्चालक शेरबहादुर गहतराजसँगको सहकार्यमा पुरस्कार स्थापना गरेको हो । सुनारलाई बुटवलका नगरप्रमुख पाण्डेय, संघका अध्यक्ष सुनार र पुरस्कारका संरक्षक गहतराजले नगदसहित दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन् । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल सुनार संघको केन्द्रीय सदस्य हुन । सुनार बुद्ध टेलिभिजन र जनता टुडेमा आबद्ध छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार