मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मुगुको जीटीएएम बाल आश्रमलाई आर्थिक संकट

Ujyalosandeshonline 11005+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

मुगु । दुर्गम हिमाली जिल्ला मुगुमा एक दशक अघिबाट सञ्चालनमा रहेको बाल आश्रम आर्थिक संकटमा परेको छ । वि.स.२०७१ सालमा खत्याड गाउँपालिका–३मा स्थापना भएको जीटीएएम बाल आश्रमबाट हाल १२ जना छात्रछात्राले सेवा पाउँदै आएका छन् । आठदेखि १७ वर्षका ती बालबालिका कक्षा १ देखि १० कक्षामा अध्ययनरत छन् । जसमा ९ जना छात्र र ३ जना छात्रा रहेका छन् । 

जिल्लामा रहेका बेशाहार, टुहुरा बालबालिकाहरुका लागि अम्मराज बाँनियाले उक्त बालआश्रम सञ्चालन गरेका हुन् । दाताको आर्थिक सहयोगको भरमा चलाइएको सो आश्रमलाई पछिल्लो समय सहयोग आउन छाडेपछि बालबालिकालाई आवश्यक खाने व्यवस्था गर्न समेत कठिन भइरहेको सञ्चालक बाँनियाले बताए । 

‘आश्रमको आयस्रोत नै दाताले दिएको सहयोग हो । अहिले कतैबाट सहयोग पाउन नसकिएकाले बालबालिकाका लागि खानेकुरा उपलब्ध गराउन पनि कठिन भइरहेको छ । उनीहरुको शैक्षिक खर्च पुर्याउनै मुस्किल छ,’ आश्रम सञ्चालक बाँनियाले भने । 

मुगु सोरुगाँउपालिका वडा नम्बर ८ कच्चे गाँउका दिपेश कार्कीले बाल्यकालमा आमा गुमाए । घरको आर्थिक अवस्था कमजोर हुँदा बुबाले आश्रम ल्याएर राखिदिए । सानैमा आमा गुमाएका उनले बुबाको माया पनि पाएनन् । आश्रम बसेको केही वर्षमै उनका बुबाको पनि निधन भयो ।

दाजुभाउजुले वास्ता नगर्ने बताएका दिपेशको आफ्नो घरै त्यही आश्रम भएको बताउँछन् । उनले यही वर्ष आश्रमबाटै एसइई परीक्षा दिने तयारीमा छन् । उनीजस्तै अन्य ११ जना बालबालिका विभिन्न कारणले यसै आश्रममा आश्रित छन् । 

विजय कार्की, दिपेश कार्की र रुपेश कामी कक्षा १० मा अध्ययनरत छन् । यस्तै, प्रकाश थापा, मनिशा रावल र जना लावड  कक्षा ९, राजेश मल्ल–८, दरिन्द्र सार्की र राजेन्द्र लावड कक्षा ६, गौरव भियाल–५, दिपेश भण्डारी –३ र निशा बाँनिया ३ कक्षामा अध्ययनरत छन् ।आश्रमका वालवालिकालाई पछिल्लो समय खान बस्न सँगै पढ्नलेख्न समेत समस्या हुने गरेको दिपेशले सुनाए । 

हुन त स्थानीय सरकारले आश्रमलाई सहयोग नगरेको भने होइन । खत्याड गाँउपालिकाको  चार बर्ष पहिले नै ७ लाख ५० हजार रुपैयाँ बजेटमार्फत उपलब्ध गराएर आश्रमको भवन बनाइदिएको हो । जग्गा भने आश्रमको नाममा नै रहेकाले भवन निर्माण गर्न सहज भयो । 

पछिल्लो समय भने पालिकाबाट आश्रमलाई आर्थिक सहयोग नगरेको खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले जानकारी दिइन । तर, यो वर्षको बजेटमा प्रक्रिया पुर्याएर आश्रमले सहयोग माग गरेमा भने पालिकाले केही व्यवस्था गर्न सक्ने उनले बताइन । हाल आश्रममा हिरेन्डेक सस्थाले मासिक रुपमा १० हजार बराबरको खाद्यान्न सहयोगलाई भने निरन्तरता दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार