मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

Ujyalosandeshonline 12431+ समाचार ( )
५ जेठ २०८२, आइतबार

काठमाडौं । ‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ। ‘पर्यटन प्रवद्र्धन मञ्च नेपाल’को आयोजना मा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवद्र्धन मञ्च नेपालले जनाएको छ । मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।

फोटो प्रदर्शनीको उद्घाटन जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ । फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरुको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन्।

फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवद्र्धनमा क्रियाशील छन्। उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो। उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन्। साथै विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन् । 

उनी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृत्तचित्र बनाउँछन्। उनले ‘सुनौलो सुनछहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘दि बडाचौर’लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन्।  उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुरसमेत गराउँदै आएका छन्। रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन्।

उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन्। यिनै पर्यटन विकास र प्रवद्र्धनमा सक्रिय पुनले संघीय राजधानीमा फोटो प्रदर्शनी गर्न लागेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार