मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अपाङ्गता सम्बन्धि अधिकारलाई व्यवहारमा उतार्न सरकार सक्रिय छ : मन्त्री सुडी

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । महिला तथा बालकालिकामन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई थप व्यवहारमा उतार्न कार्ययोजना निर्माण गरी लागू गर्ने प्रक्रियामा सरकार रहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएको व्यक्तिको अधिकारलाई व्यवहारमा उतार्न अपाङ्गता सम्बन्धि राष्ट्रिय नीति जारी गरी कार्यान्वयन गरिएको जानकारी दिँदै यसलाई थप सार्थकता प्रदान गर्न सरकार लागि परेको बताएका हुन् । 

उनले भने,‘अपाङ्गता भएको व्यक्तिको अधिकारको विषय व्यवहारमा उतार्न अपाङ्गता सम्बन्धि राष्ट्रिय नीति जारी गरी कार्यान्वयन गरिएको छ । भने यसलाई थप सार्थकता प्रदान गर्न यसको कार्ययोजना निर्माण गरी लागू गर्ने मन्त्रालयले काम गरिरहेको छ ।’

उनले हालसम्म प्राप्त भएका उपलब्धिहरुको संरक्षण गरी थप उपलब्धी प्राप्त गर्ने दिशामा सरकारी तथा गैर सरकारी संघ संस्था सबैको तर्फबाट सहयोग प्राप्त हुने   विश्वास व्यक्त गरे । 

मन्त्री सुडीले अपाङ्गताको क्षेत्रमा अहिसम्म राम्रो बजेटको व्यवस्था नभएको भन्दै सबै जिल्लामा आफूले राम्रो बजेटको व्यवस्था गर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार