मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

शैलुङका किसान आलु खेतीमा व्यस्त

Ujyalosandeshonline 11002+ समाचार ( )
२६ माघ २०८१, शनिबार

रामेछाप । रामेछापको शैलुङका किसानलाई अहिले भ्याइ–नभ्याई छ । शैलुङ क्षेत्रको दोरम्बा, डडुवा, गौश्वारा लगायतका क्षेत्रका किसानहरू यति बेला आलु रोप्न व्यस्त छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा ४० हजार हेक्टर भन्दा बढी जमिनमा आलु खेती हुने गर्दछ । त्यहाँका किसानको मुख्य उत्पादन नै आलु हो ।  

शैलुङको आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेतीमा लागेका छन् । परम्परागत बिउको सट्टा डडुवाको खोलाखर्कमा नै नयाँ जातको आलुको बिउ उत्पादन गरी किसानले आलुको उत्पादन बढाएका छन् । 

स्थानीय किसान दावासङ्बु शेर्पाका अनुसार शैलुङका कतिपय किसानले एक सिजनमा ५÷६ लाख रुपैँयासम्मको आलु बिक्री गर्ने गर्दछन् । यहाँको आलु काठमाडौंको कालीमाटी, बल्खु, लगायतको मुख्य तरकारी बजारमा बिक्री हुन्छ । अहिले तराइमा समेत शैलुङको आलुको माग बढेको छ । आलु खरिद गर्न अहिले व्यापारीहरू किसानको घर घरमा पुग्ने भएकोले किसानलाई बिक्रीको चिन्ता छैन । यस वर्ष किसानले आलु प्रतिकिलो ६० रुपैँया किलोसम्ममा बिक्री गरे । जो राम्रो मूल्य हो । 

विगतमा परम्परागत पुरानो आलुको बिउ लगाउँदै आएका किसानले हाल रोजिटा जातको रोग नलाग्ने बिउ प्रयोग गर्न लागेका छन् । मूल बिउ नै शैलुङमा उत्पादन हुने भए पछि यहाँका किसानले आलुको बिउ बिक्रीबाट समेत राम्रो आम्दानी गर्ने गरेका छन् । नयाँ बिउ लगाएपछि आलुको उत्पादन बढेको शेर्पाले बताए । डडुवामा नै अब रोजिटा लगायत उन्नत जातका आलुको बिउ समेत उत्पादन सुरु भए पछि किसानहरू खेतीमा थप उत्साहित भएका उनले सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार