मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘सामाजिक विभेद हटाउन सबैको प्रयास जरूरी’

Ujyalosandeshonline 11005+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक विभेद हटाउन कुनै एक निकाय वा संस्थाको मात्र प्रयास पर्याप्त नहुने भन्दै सबै क्षेत्रको योगदान हुनुपर्ने बताएका छन् ।

मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपालद्वारा आज विराटनगरमा आयोजित ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दलित समुदायका जनप्रतिनिधिहरुको सहभागिता रहेको तेस्रो प्रदेश सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार सामाजिक भेदभाव तथा छुवाछुत जस्ता विकृति हटाउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरुले सबै जात एवं समुदायको प्रतिनितित्व गर्नुपर्ने भन्दै उनले कसैप्रति पनि पूर्वाग्रह राख्नु नहुने बताए । कार्यक्रममा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले सामाजिक विभेद र छुवाछुत अन्त्य गर्न सबै पक्षको योगदान आवश्यक पर्ने बताए ।

यसैगरी, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सबै नेपालीबीच एकता कायम गरी समाजमा रहेका विकृति, विभेद एवं छुवाछुतको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार