अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले शनिबार तेस्रो पार्टी स्थापना दिवसकाे अवसरमा सन्धिखर्ककाे शान्तिबगैचामा दिप प्रज्जवलन गरि मनाएकाे छ ।
दिप प्रज्जवलन पछि भएको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै जिल्ला सभापति हरि भुसालले रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी मनाएको बताए । पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्ने बताउदै पार्टी स्थापनाको छोटो अवधिमा प्राप्त उपलब्धी र नागरिकको भारोसा कायम गर्नेगरि आगामी दिनमा सुशासन र वेथितिको विरुद्धमा थप संघर्ष गर्नु पर्ने अवस्था रहेको बताए ।
पार्टी सभापति रवि लामिछाने लाई विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फसाउन आफ्ना नेतालाई जाेगाउन राजनीतिक दलकाे खाेलमा बिभिन्न षड्यन्त्रमुलक काम गरेको बताए ।
भुनपा सभापति डिल बहादुर थापा ( बिन्दु) मालारानी सभापति विक्रम महत जिल्ला उपसभापति कमल मरासिनी लगायतका नेता कार्यकर्ताकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्ला सहसचिव चिरञ्जीवी पन्थी सुनारले सहजीकरण गरेका थिए ।