मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?

Ujyalosandeshonline 11474+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्  । त्यस्तै वडा नम्बर १ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाउन निर्णय गरेपनि उम्मेदवारी दर्ता भने अपरान्ह मात्र गराउने तयारी गरेको छ ।

यस्तै कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले समेत उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेमकिपाको तर्फबाट वडा नम्बर १ मा कृष्णप्रसाद महर्जन र वडा नम्बर ४ मा महेश्वर सुवेदीले मनोनयन दर्ता गराएका छन । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै  मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले समेत मनोनयन दर्ता गराएका छन् । उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट दिएको हो ।

यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ । यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ ले पनि मनोनयन दर्ता गराएका छन् ।

उनले आज कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । सफाइ अभियन्ता तथा सामुदायिक कार्यकर्ता मानव नेवा लहना रेस्टुरेन्टका अध्यक्ष एवं सञ्चालक हुन् । उनलाई कीर्तिपुरको मेयरमा प्रतिस्पर्धी उम्मेदवारका रुपमा हेरिएको छ । मंसिर १६ गते देशका ४४ वटा स्थानमा उपनिर्वाचन हुँदैछ । जसमध्ये तीन वटा स्थान कीर्तिपुरमा परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार