मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

मर्चवारीमा 'जेनजी आन्दोलन' को नाममा १७ लाखभन्दा बढीको क्षति

जैसमोहम्मद खान 73+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका कार्यालयमा गत भदौ २४ गते राति 'जेनजी आन्दोलन' को नाममा भएको तोडफोड र आगजनीबाट १७ लाखभन्दा बढीको क्षति भएको छ। गाउँपालिका अध्यक्ष गया प्रसाद बरईका अनुसार १५-२० जनाको समूहले गरेको आक्रमणमा कम्प्युटर, प्रिन्टर, फर्निचर, विद्युतीय उपकरण, कृषि विषादी र पशु सम्बन्धी औषधि लगायतका सामानहरु नष्ट भएका छन् । अध्यक्ष बरईले यो घटना प्रतिशोधको भावनाले गरिएको बताउनुभएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले क्षतिग्रस्त कार्यालयको निरीक्षण गर्दै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरुलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गरिने बताउनुभएको छ। हाल मर्चवारी गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालित छ र यसमा ७ वटा वडाहरु छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार