मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

निर्वाचन निष्पक्षताका लागि प्रजिअ अर्यालको पाँच ‘पी’ सूत्र

रासस 692+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

नारायणगढ (चितवन) । निर्वाचन नजिकिँदै जाँदा सबै क्षेत्रमा चुनावकै चर्चा–परिचर्चा भइरहेको छ । दलहरू आफ्नो प्रचार–प्रसारमा लागेका छन् भने जनता पनि चासोका साथ नियालिरहेका छन् । सामाजिक सञ्जाल यतिबेला चुनावी चर्चाले नै रङ्गिएको छ । चुनाव आउन केही दिन मात्रै बाँकी छ ।

शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी कर्मचारीको काँधमा रहने गर्दछ । हाल देशभर विभिन्न कर्मचारीहरू निर्वाचनमा खटिँदै छन् भने यसका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी फिल्डमा खटिने क्रम जारी रहेको छ । हाल निर्वाचनका आवश्यक सामग्रीहरू मतदानस्थल तथा केन्द्रमा पु¥याउने र व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ । 

निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिने सुरक्षाकर्मी, सबै तहका कर्मचारी तथा विशेषगरी मतदान अधिकृत र सहायक अधिकृतको भूमिका महत्त्वपूर्ण हुने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । अर्यालका अनुसार निर्वाचन सफल र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आवश्यक छ ।

 उहाँले निर्वाचन सफल बनाउन मतदानमा खटिने कर्मचारीले ‘पाँच पी’ को पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।  अङ्ग्रेजी अक्षर ‘पी’ बाट सुरु हुने शब्दहरू उल्लेख गर्दै उहाँले पहिलो ‘पी’ पक्चुअलिटी (समयपालन), दोस्रो ‘पी’ प्रोसेस (प्रक्रिया पालना), तेस्रो ‘पी’ पेसन्स (धैर्यता), चौथो ‘पी’ पार्टिसिपेसन (सक्रिय सहभागिता) र पाँचौँ ‘पी’ इम्पार्सियलिटी (निष्पक्षता) कायम गर्न आवश्यक रहेको बताउनुभयो । यी मापदण्डको पालना गरिए निर्वाचन निष्पक्ष र व्यवस्थित हुने उहाँको विश्वास छ ।

उहाँले यी पाँच कुरामा कमजोरी भए अन्तिम ‘पी’ का रूपमा ‘पेनालाइज’ अर्थात् ‘पनिसमेन्ट’ (दण्ड) पनि भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । यसअघि पनि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचन शब्दलाई आफ्नै शैलीमा व्याख्या गर्नुभएको थियो । उहाँले ‘नि र बा च न’ लाई सरलीकरण गर्दै ‘नि’ को अर्थ निष्पक्ष, ‘र’ को अर्थ रणनीतिक रूपमा अघि बढ्नु, ‘बा’ को अर्थ अरूलाई बाधा वा विरोध नगरी आफ्ना दृष्टिकोण प्रस्तुत गर्नु, ‘च’ को अर्थ चलखेल नगर्नु र ‘न’ को अर्थ नकारात्मकता नफैलाउनु रहेको बताउनुभएको थियो । प्रजिअ अर्यालले प्रस्तुत गरेको उक्त व्याख्यालाई निर्वाचन आयोगले पनि सकारात्मक रूपमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार