मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

प्रधानमन्त्री कप क्रिकेट :
बागमतीको पहिलो जित सुदूरपश्चिमलाई ५५ रनले हरायो

Ujyalosandeshonline 12441+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

भैरहवा । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५५ रनले हराउदै पहिलो जित निकालेको हो । 

सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य पाएको सुदूरको टोली ४७ ओेभरमा २११ रन बनाउदै अलआउट भएको छ । सुदूरको पुछारको ब्याटिङ चल्न नसक्दा प्रतियोगितामा उसले तेश्रो हार व्यहोर्नु परेको छ । ओपनर टेक रावतले ८८ बलको सामना गरि ३ चौकाका सहयोगमा ४५ रन बनाए पनि अन्य ब्याटरहरुको दरिलो साथ पाएनन । मध्यक्रममा आएका ब्याट्सम्यानहरुले केही आशा जर्गा पनि अन्ततः जित बागमतीकै पोल्टामा गएको छ । सुदूरका मध्यक्रमका ब्याट्सम्यानहरु नारायण जोशीले ३९ रन, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१ रन र शेर मल्लले १४ रन बनाए । 

बलिङमा बागमतीका राजन ढकाल र सोनु देवकोटाले ४/४ विकेट बाडे । राजनले १० ओभरमा १ मेडेन सहित ३० रन खर्चिनुभयो भने सोनुले १० ओभरमा ४९ रन खर्चिए । प्रतिश जिसीले १ विकेट लिए ।  

यस अघि रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको बागमतीले आशुतोष घिरैया र शभ कंसाकारको अर्धशतकको सहयोगमा ५० ओभर पुरा खेल्दै ८ विकेटको क्षतिमा २६६ रनको मध्यम योगफल तयार गरेको थियो । 

१०१ बल खेलेका ओपनर आशुतोषले ५ चौकाको सहयोगमा ५८ रन बनाए भने ६८ बल सामना गरेका  शुभ कंसाकारले ५ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए । यसै गरि बागमतीका लागि ईशान पाण्डे ३६ रन, पृथु बास्कोट र प्रतिस जिसीले समान १५/१५ रनको व्यक्तिगत योगदान गरे । 

बलिङमा सुदूरका हेमन्त धामी, शेर मल्ल र सुर्य श्रेष्ठले समान २/२ विकेट लिदा नारायण जोशी र राहुल भण्डारीको १/१ विकेट रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार