मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पाल्पाको तिनाउ खोलामा नुहाउने क्रममा दुई भारतीय युवा बेपत्ता

Ujyalosandeshonline 12431+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा नुहाउने क्रममा दुई जना भारतीय युवा डुबेर बेपत्ता भएका छन्। भारतको सन्तबिर नगरबाट सात जनाको समूहमा नेपाल भ्रमणमा आएका युवाहरूमध्ये दुई जनालाई दिउँसो करिब २:०० बजेको समयमा खोलाले बगाएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेपत्ता हुनेहरूमा १७ वर्षीय फरान अन्सारी र सोही उमेरका अमान अन्सारी रहेका छन्। साथीहरूसँगै उक्त स्थानमा घुम्न पुगेका उनीहरू खोलामा नुहाउन पसेका बेला अचानक डुबेर बेपत्ता भएका हुन्।उनीहरूसँगै आएका अन्य पाँच जना साथीहरू भने घटना स्थलमा सुरक्षित रहेका छन्। बेपत्ता भएका युवाहरूको खोजीका लागि प्रहरी र स्थानीय बासिन्दाहरूले सक्रियतापूर्वक कार्य गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले घटनाको पुष्टि गर्दै बेपत्ताहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ। खोजीका लागि आवश्यक समन्वय भइरहे तापनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार