मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कोटहीमाईको विशेष गाउँसभा सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

 मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । बिहीवार गाउँ पालिकाको सभा हलमा १५ औं गाउँसभाको आयोजना गरी विशेष गाउँसभा सम्पन्न भएको हो । १४ गाउँसभामा भूमिकर सम्बन्धी भएको त्रुटीलाई सच्याउन गाउँ सभा सदस्यहरूको माग बमोजिम विशेष गाउँसभा गरिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बाल कृष्ण त्रिपाठीले बताए।

प्राविधिक त्रुटीले भूमिकर जग्गाको मूल्यांकनको आधार भइ भूमिकर अधिक भएपछि राजस्व परामर्श समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले पेश गरेको प्रस्तावअनुसार गाउँसभामा सहभागी सदस्यहरूले भूमि करप्रति कठ्ठा रु. ७ कायम गर्न निर्णय गरेका गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाको जनताकै लागि काम गर्ने हो, गाउँपालिकाबासीबाट चर्काे कर उठाउन हाम्रो कुनै चाहना होइन, अहिले प्राविधिक त्रुटीले समस्या भएको हो । जानकारीपछि तत्काल सच्याउन सहमत भएका हौं । यसलाई सहज रुपले व्यवस्थापन गरी आम नागरिकलाई असर नहुने गरी काम गर्नेछौँ ।’ 

त्यसै गरी उक्त गाउँसभामा पेश गरिएको गाउँपालिका अनुदान शिक्षक कर्मचारी व्यवस्थापन कार्यविधि २०८१ र नाग पञ्चमी, रामनवमी, मोर्हरम लगायत विभिन्न स्थानीय पर्वमा विदा गर्ने समेत गाउँसभाले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले जानकारी दिए । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनीले बजारमा असमानता मूल्यलाई पनि नियन्त्रण गर्न गाउँपालिकाले कार्यविधि निर्माण गरी बजार अनुगमन गर्नुपर्ने बताए । एउटै वस्तुको सामान पसलपिच्छे फरकफरक मूल्यमा विक्रीवितरण हुँदा उपभोक्ता मर्कामा परेको वडाध्यक्ष सैनीले बताए । प्राविधिक त्रुटीले भूमिकर सोचेभन्दा बढी राजस्व कार्यान्वयन भइ आएकोले त्यसलाई सच्याउन भएको सहमतिप्रति उनले धन्यवाद व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य तथा गाउँ सभा सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त विशेष सभाको वास संयोजक अजय सिंह क्षेत्रीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार