मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

‘नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ’

Ujyalosandeshonline 11474+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् । पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एसियाको विकासको सम्भावनाको बारेमा नेपालले पनि विमर्श गर्नुपर्ने बेला भएको बताएका हुन् । 

उनले भने, ‘बद्लिएको विश्वको सन्दर्भका बारेमा, एसियाको विकासको सम्भावनाको बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्दछ । नयाँ विश्व व्यवस्थाका सर्जकको रुपमा हाम्रा दुई छिमेकीहरु अगाडि आउन खोजिरहेका छन्, चीन र भारत । चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ।’ नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्ने उनको भनाइ छ । 

‘अब हामीले पश्चिमको आँखाबाट होइन एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरु देख्न थाल्नुपर्दछ । योजना बनाउन थाल्नुपर्दछ । यसरि नेपाललाई एसियाली ज्ञान सिद्धान्तका आधारमा एसियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रुपमा अगाडि बढाउने सम्भावनाहरु देखा परेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ,’उनले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार