मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं : खगेन्द्र सुनार

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् । आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने गरी समावेशी सरकार बन्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘सरकारमाथि अट्याक सुरु भइसकेको छ, पुराना राजनीतिक दलहरु फेरी व्यूतिएर भुतभुताउँदै उठेको हामीले देखेका छौ अव ती तानाशाही, अपराधीहरुको हातमा देश जानुहुँदैन । सरकार समावेशी बन्नुपर्छ, सरकारमा सबैको प्रतिनिधित्व हुनुपर्छ । सुशीला कार्कीको अनुहार यताबाट हेर्दा मधेशीजस्तो, उताबाट पहाडी, दलित, जनजाति, हिमाली जस्तो सबैको अनुहार त्यसमा झल्किनुपर्छ ।’

उनले अव बन्ने सरकारले सबै जनतालाई न्याय दिनसक्ने कुरामा विश्वस्त रहेको पनि बताए । ‘हिजो यिनै कांग्रेस, एमाले, माओवादीहरुको घाँटी च्यापेर निकालिएकी सुशीला कार्कीले यो कुरा बुझेकी छिन् त्यो अनुसार सबै जनतालाई न्याय हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ,’ उनले भने । अभियन्ता सुनारले आफू मन्त्री बन्ने दौडमा नरहेको भन्दै देश निमार्णको सन्दर्भमा पूर्ण साथ र समर्पण रहेको बताए । 

‘म मन्त्रीको दौडमा छैन । मेरो अभियान मन्त्री बन्ने अभियान होइन । यो देशले पहिला सास फेर्न पाउनुपर्छ । मरेकाले पहिला न्याय पाउनुपर्छ । घाइतेहरुको उपचार हुनुपर्छ । देश आगो लागेर खरानी भएको छ । यो खरानीलाई हामीले बग्न दिनुहुँदैन । खरानीबाट देशलाई माथि उठाउनुपर्छ । देश निर्माणको सन्दर्भमा हाम्रो साथ र समर्पण रहनेछ,’ उनले भने । 

उनले जेनजीहरुको आन्दोलनको उपलव्धिहरुलाई खरानी बनाउने प्रयास हुन सक्ने भन्दै प्रधानमन्त्री कार्कीको रक्षक बन्ने पनि बताए । ‘आन्दोलनमा लागेका जेनजीहरुको अपमान गर्ने, जेनजीहरु केही होइन भन्ने, यीनका नेतृत्व छैन भनी आन्दोलनका उपलव्धिहरुलाई खरानी बनाउने त्यो खालको खतरा हुनसक्छ त्यसैले हामी सुशीला कार्कीको एउटा छोराको बनेर आमाको रक्षाको लागि नेपाल आमाको रक्षाको लागि हामी ढाल बनेर उभिने छौ,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार