मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जनाको मनोनयन

Ujyalosandeshonline 12450+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट १३ जना उम्मेदवारले मनोनयन दर्ता गर्दा क्षेत्र नं २ मा १७ उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं १ म नेपाली कांग्रेसका विष्णुबहादुर खड्का, नेकपा (एमाले)का ध्रुवकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, नेकपा (माओवादी)का हिरू शाही, नेपाल मजदुर किसान पार्टीका गजबहादुर खप्तडी मगर, उज्यालो नेपाल पार्टीका ठम्मरबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालका धनसिंह सार्की, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, श्रम संस्कृति पार्टीका बीरबहादुर राना, आम जनता पार्टीका रमेश सेन्चुरी र मितेरी पार्टी नेपालका प्रकाश बुढामगरले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो । 

क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणकुमार कोइराला, नेकपा (एमाले)का कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, नेपाल मजदुर किसान पार्टीका तुलसी खड्काले मनोननय दर्ता गर्नुभएको निर्वाचन कार्यालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (माओवादी)का धर्मराज देवकोटा, जनता समाजवादी पार्टी नेपालका दीपबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, नेकपा संयुक्तका प्रेम तारामी, श्रम संस्कृति पार्टीका राजेन्द्र राम्जाली, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भूल, गतिशील लोकतान्त्रिक पार्टीका पवनकुमार थापा र नेपाल जनसेवा पार्टीका हृदयचन्द्र अधिकारीले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो । सूचना अधिकारी चौलागाईका अनुसार क्षेत्र नं.२ मा उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार