मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

Ujyalosandeshonline 11474+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

रामेछाप । प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माणकार्य अलपत्र भएको छ । 

पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन । पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य त्यतिकै रोकिएको छ । सहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको ५ वर्ष बित्यो । तर निर्माणको हिसाबले पार्कको सामान्य संरचनाको बनेको छैन । 

पार्क निर्माणको सबै काम सम्पन्न हुँदा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर पर्याप्त बजेट विनियोजन गर्दा विस्तृत योजना प्रतिवेदन अनुसार संरचना निर्माणका काम अघि बढ्न सकेका छैनन् । पार्कको लागि ५२ रोपनी जमिन अधिग्रहण गरिएको छ । सो जग्गामा एउटा सभा हल, शौचालय र केही आवासका लागि साना भवन बन्नु बाहेक अन्य काम भएको छैन । 

निर्माण व्यवसायी मार्फत बनाइएको ती संरचनाको संरक्षण गर्ने कुनै निकाय छैन । निर्माण व्यवसायी काम सकेर हिँडेपछि ती संरचना बेवारिसे जस्तै बनेका छन् । बनेका संरचना प्रयोग नै नगरी थोत्रिँदै गएका छन् । नेपालको राजनीतिका दुई शीर्ष पुरुष बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा बिपी स्मृति पार्क र पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको कार्य एकै साथ थालनी गरिएको थियो । सिन्धुलीको दुम्जामा निर्माणाधीन बिपी पार्कको अवस्था पनि त्यस्तै छ । 

अन्तर्राष्ट्रिय स्तरको सङ्ग्रहालय सहितको पार्क निर्माणको योजना अनुसार सरकारले सो पार्क निर्माणको कार्यक्रम अघि बढाएको हो । कम्युनिष्टहरुको लागि भँगेरीलाई तीर्थस्थलको रूपमा विकास गर्न सो पार्क निर्माणको अवधारणा अघि सारिएको वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल बताउँछन् । सोही अनुसार आफू वाग्मती प्रदेशको मन्त्री हुँदा बजेट विनियोजनको लागि पहल गरेको उनले जानकारी दिए । तर पार्कको लागि अहिले न बजेट परेको छ, न कुनै काम भएको छ । 

सो पार्कमा पुष्पलालले प्रयोग गरेका समानहरू सहित सङ्ग्रहालय बनाएर राख्ने योजना छ । सङ्ग्रहालय मा गङ्गालाल र पुष्पलालसँग सम्बन्धित सामाग्रीहरूका साथै कम्युनिष्ट पार्टीका महत्त्वपूर्ण सामाग्रीहरू समेत राखिने छन् । त्यसको लागि गङ्गालाल र पुष्पलालले प्रयोग गरेका सामाग्री पुस्तक, लेख रचना लगायतका सामाग्री सङ्कलन पनि भइरहेका छन् । तर पार्क कहिले पुरा हुने हो निश्चित छैन । 

पार्कमा गङ्गालाल, पुष्पलाल सहित कम्युनिष्ट पार्टीका संस्थापकको मूर्ति राख्ने योजना छ । सोही योजना अनुसार काठमाडौंमा मूर्ति बनिसकेका छन् । तर निर्मार्णकार्य सुस्त हुँदा मूर्ति राख्ने काम हुन सकेको छैन । भँगेरीमा अहिले सानो डुङ्गामा कुँदिएको गङ्गालाल र पुष्पलालको मूर्ति छ । त्यहाँ पुग्ने मानिहरूँ त्यही मूर्तिको छेउमा बासेर फोटा खिच्छन् र गङ्गालाल र पुष्पलालको उपेक्षा भयो भनेर गाली गर्छन् । तर जसले गाली गर्छन्, उनीहरू नै सत्तामा पुग्दा पार्कको कामलाई पूर्णता दिन कुनै पहल गर्दैनन् ।   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव जन्मिएको ठाउँमा बन्न लागेको पार्क अलपत्र पर्नु विडम्बना पूर्ण भएको नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल बताउँछन् । सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दाजु–भाइ हुन् । उनीहरूका बुबा रामेछाप को मालपोत अड्डामा हाकिम भएर जागिरको लागि रामेछाप आएको बेला भँगेरीमा डेरा लिई बसेका थिए । गङ्गालाल र पुष्पलाल दुवै भँगेरीमा नै जन्मिएर हुर्किएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार