मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरु

Ujyalosandeshonline 11005+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

जनकपुर । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ ।

यस्ता छन् चौथो अधिवेशनमा उपलब्धिहरु

प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐनहरु पारित भएका छन् । प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेस पर्यटनको विकास र प्रवद्र्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।

त्यस्तै चौथो अधिवेशनबाट चारवटा विधेयक छलफलका लागि समितिमा पठाइएको छ । प्रदेश बिउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निती आयोग गठन तथा कार्य सञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधयक र गाउँ सभा÷नगर सभा÷जिल्ला सभाको कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक लाई समितिमा पठाइएको जनाइएको छ ।

त्यस्तै, चौथो अधिवेशनबाट प्रदेश निजामति सेवा ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ दर्ता प्रकृयामा गएको छ भने मधेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

त्यस्तै चालु अधिवेशनमा प्रदेशसभामा पेश भएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ विवादित बनेपछि प्रदेशसभाबाट फिर्ता लिइएको थियो । हाल प्रदेश सभा बैठक अर्को सूचना नहुनजेलसम्मका लागि स्थगित रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार