मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेतृत्व गर्नेहरुको मति ठिक भएन् : गगन थापा

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए । 

उनले भने, ‘नेतृत्व गर्नेहरुको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको मलाई लागेको छ । मति ठिक नभएको कुरा खासगरि भ्रष्टाचारसँग जोडिएको छ । आम नागरिकले के सोच्छ भ्रष्टाचारकै कारणले गर्दा गति लिन सकेको छैन् । नत्र हामीलाई विश्वास नगरेको हो र विश्वास भएपनि किन ठिक तरिकाले विकास र परिवर्तन गर्न सकिरहेका छैनौं । भ्रष्टाचारले गर्दा, भ्रष्टाचारले यसरी गाँज्यो की ठिक गति समात्न सकेनौँ । यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा छौँ । त्यसलाई न्यून गर्नेतर्फ काम गरेर देखाउनु पर्नेछ ।’

यसको साथै, उनले जनताले सुनेका जति पनि काण्डहरू छन् त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै त्यसमा जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भएपनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले नछोड्ने बताए । १५ वर्षपछि २० वर्ष पछि भएपनि छोड्दैन भन्ने मानक स्थापित गर्न सक्यो भने नौ जवानहरूलाई देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार