मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

Ujyalosandeshonline 12431+ समाचार ( )
३० असार २०८३, मङ्गलबार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका साथ आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिको १५औँ नगरसभामा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख मनोजकुमार साहले ‘स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम’को परिकल्पनालाई साकार पार्न पर्यटकीय पूर्वाधार विकासमा जोड दिने घोषणा गर्नुभयो । आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुहुँदै नगरप्रमुख साहले अधुरा योजना सम्पन्न गरिने बताउनुभयो । 

यस्तै जनकपुरधाम उपमहानगरपालिकाले आगामी आवका लागि रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । नगरसभामा वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु एक अर्ब ४२ करोड ७७ लाख नौ हजार र पुँजीगततर्फ रु एक अर्ब २२ करोड २२ लाख ५३ हजार विनियोजन गरिएको छ ।

गरी रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ रु पाँच करोड ९४ लाख ५४ हजार ४०८ र सामाजिक विकासतर्फ रु ८३ करोड २८ लाख ९८ हजार सात सय ६२ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ रु ९१ करोड २२ लाख ७८ हजार आठ सय ३०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु ३१ करोड ७४ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ५३ करोड रकम विनियोजन गरेको वडाध्यक्ष पञ्जियारले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार