मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

Ujyalosandeshonline 11086+ समाचार ( )
७ असार २०८२, शनिबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (प्रनानि) निर बहादुर खड्कालाई २०८२ सालको जेठ महिनाको ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।

खड्काले विभागीय मूल्य–मान्यता तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र साहससहित आफ्नो कर्तव्य निर्वाह गरेका कारण यस सम्मानका लागि चयन गरिएको कार्यालयले उल्लेख गरेको छ । खासगरी उनले गत जेठ २० गते ग्रामथान गाउँपालिका ७ स्थित शंकास्पद अवस्थामा बेवारिसे टाटा सुमो चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिसहित ३ सय ४७ किलो १ सय १० ग्राम गाँजा नियन्त्रणमा लिन सफल भएका थिए ।

त्यस्तै, फैसला कार्यान्वयन अन्तर्गत कर्तव्य ज्यान मुद्धामा पाँच वर्ष कैद सजाय सुनाइएका एक फरार अभियुक्तसहित विभिन्न मुद्दामा जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन उनले विशेष सफलता प्राप्त गरेको कार्यालयले जनाएको छ । 

यस्तै ग्रामथान ७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलास गर्दै ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ परियोजनाको नहरमा डुबेको अवस्थामा शव फेला पारी अनुसन्धानको नेतृत्व पनि उनैले गरेका थिए । सो क्रममा मृतकका सुनका गहना नजिकैको एक घरभित्र माटोमुनी गाडिएको अवस्थामा फेला पारी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको थियो ।

खड्काले आफ्नो क्षेत्रको शान्ति सुरक्षालाई मजबुत पार्दै उल्लेखनीय सफलता हात पारेको भन्दै कोशी प्रदेश प्रहरीले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ को सम्मान प्रदान गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार