मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

नेकका विद्यार्थीहरुले पाए अन्तर्राष्ट्रिय स्तरको पीएलसी र स्काडाको तालिम

Ujyalosandeshonline 11009+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको एक महिने तालिम दिइएको छ । 

कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागको अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएको हो ।

कलेजका करिब ५० जना विद्यार्थीहरुले १ महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा  तालिम सञ्चालन गरिएको थियो ।

दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेस नभए पनि समयको माग र बजारलाई हेरेर नन–क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पोख्त बनाउनका लागि कलेजले तालिम दिएको उनको भनाई छ ।

नेपालमै पहिलो पटक कलेज स्तरमा यति लामो तालिम दिन पाउँदा आफुहरु खुशी रहेको कलेजको इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यम कृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिको माग रहेको र यो कोर्षले विद्यार्थीहरुलाई सीप सँग जोड्ने हुँदा तालिमले जागिर प्राप्तिका लागि विद्यार्थीलाई थप सहयोग पुग्ने उनीहरुको भनाई छ ।

अटोमेसनको दुनियाँमा पीएलसीको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयोग गर्ने बताए । कलेज स्तरमै यस्ता सीपयुक्त तालिम लिन पाउँदा अध्ययन पश्चात व्यवसायिक क्षेत्रमा अगाडी बढ्न धेरै सहयोग पुग्ने उनीहरूको विस्वास छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा पोखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त तथा शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समिति मार्फत सञ्चालित कलेजले विद्यार्थीहरूलाई समयसमयमा विषयगतरूपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरूसँगको सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार