अर्घाखाँची । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), अर्घाखाँची शाखाको वार्षिक साधारण सभा आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । शाखा अध्यक्ष प्रकाश भुसालको अध्यक्षता र क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष श्रीजना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सूचना प्रविधिलाई ग्रामीण तहसम्म विस्तार गर्ने विषयमा विशेष छलफल भयो । कार्यक्रममा आईटी व्यवसाय र दक्ष जनशक्ति विकास गर्दै युवाहरूलाई प्रविधिमार्फत रोजगारीका अवसर सिर्जना गर्ने आगामी योजनाहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका अतिथिहरूले अर्घाखाँचीलाई प्रविधि क्षेत्रमा उत्कृष्ट नमुना जिल्ला बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । विशेष अतिथिहरूमा केन्द्रीय सचिव नारायण श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनाल लगायतको उपस्थिति रहेको थियो । सूचना प्रविधि व्यवसायी, शिक्षक तथा विद्यार्थी गरी करिब ३५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शाखा सचिव विष्णु प्रसाद पोख्रेलले गर्नुभएको थियो ।