मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


जनमत पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, के के भए निर्णयहरु ?

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

जनकपुर । महोत्तरीको बर्दिबासमा दुई दिनसम्म बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई आगामी दिनमा थप मजबुत बनाउनेदेखि अन्य पार्टीहरुसंग एकीकरण गर्ने लगायतको निर्णय गरेको छ । बैठकमा पाचँ एजेन्डामा छलफल भएको थियो । 

प्रवक्ता डा. शरदसिंह यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचान वादीहरूसँग एकीकरण लगायतका एजेन्डाहरुमाथि दुई दिन छलफल भई विभिन्न निर्णय गरिएको छ ।

केन्द्रिय समितिको बैठकको निर्णयहरु :

१. कार्यप्रगति समीक्षा विषयमा छलफल हुँदा उपस्थित सहभागीहरूले आ–आफ्नो कार्यप्रगति विवरण पेश गर्नुका साथै हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य पूरा गरे–नगरेको मूल्याङ्कन पढेर सुनाइयो तथा सो मूल्याङ्कनको आधारमा नै आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राखे÷नराख्ने वा अन्य जिम्मेबारी दिने निर्णय गरिनेछ ।

२. संगठन विस्तार विषयमा छलफल हुँदा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो। प्रथम पटक ५ र त्यसपछि दुई गुणा संगठन विस्तार गर्नु पर्ने लक्ष्य पछिल्लो केन्द्रीय समितिहरूको बैठकमा लिइएकोमा सोलाई पूरा गर्ने निर्णय गरियो।

३. आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तैयारी गर्ने निर्णय गरियो।

४. सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथ–साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरियो।

५. प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐनकानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरियो।

६. देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तैयार राख्ने निर्णय गरियो।

७. नेपाल सरकारले ल्याई रहेका राजनैतिक दल सम्बन्धी ऐन, दुई दलीय व्यवस्था लाग्ने किसिमको थ्रेसहोल्डसहितको प्रावधान, भूमि र. नागरिकता सम्बन्धी अध्यादेशप्रति सचेत हुँदै प्रतिगामी कदमहरूलाई प्रखर रूपले विरोध गर्ने निर्णय गरियो।

८. तराई–मधेशको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नलीनालाको अवैध उल्खनन रोक्नका लागि पार्टीले विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरियो।

९. सिरहा जिल्लाको रिंकु सदासहितको घटनाको संज्ञान लिँदै दलित, गरीब, पिछडिएका तथा निमुखा वर्गमाथि समाजमा भइरहेको निरन्तर दमन, शोषण र बलात्कारको विरुद्धमा जनमत पार्टी प्रखर तथा संगठित भएर लाग्ने निर्णय गरेको छ।

१०. समग्र देशको विकास र अबको निकास ’नौलो गणतन्त्र’ नै हुने भनेर त्यसको लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमहरूको आयोजना गरेर माहौल निर्माण गर्ने निर्णय गरियो।

११. बैठकमा व्यापक रूपमा उठेको मेचीदेखि महाकालीसम्म नै तराई–मधेशको मेरूदण्ड रहेको र राज्यबाट सँधै नै उपेक्षित रहेको हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्नेविषयलाई जोडदार रूपले उठाउने, साथै तराई–मधेश फास्ट–ट्रायक सम्पन्न गर्ने तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा जोडदार लबी गर्ने निर्णय गरेको छ।

१२. यस केन्द्रीय समितिको बैठकले ’आजीवन नेता कार्यकर्ता’को अवधारणा ल्याकोमा सोको लागि वैचारिक, आर्थिक र सामाजिक पक्षबाट दीर्घकालीन रूपमा दीगो हुने गरी कार्यक्रम तथा योजनाहरू ल्याउनका लागि अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।

१३= जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न तपसिल बमोजिमको कार्यदल गठन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार