मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गुल्मीको चन्द्रकोटमा अब पशुचौपाया बिक्री गर्न नपाइने

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ । गाउँपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु विषेश गरी भैंसीको बिक्री वितरण तथा ओसारपसार नगर्न÷नगराउन अनुरोध गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको सम्बन्धमा यसको नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था नभएसम्म पशु चौपाया बिक्री तथा ओसारपसार नगर्न अनुरोध छ ।’

गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको उल्लेख गर्दै स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै मासुजन्य प्रयोजनका लागि निकासी भइरहेको थाहा हुन आएकाले किसानकै आग्रहमा सो कार्य गर्न रोक लगाएको गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले दाबी गरे । गाउँपालिकाले उक्त कदम कानून सम्मत भएको र सूचना विपरित गए पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कारबाही गर्ने भनाई  क्षेत्रीको छ । 

विशेष गरी स्त्री प्रजातीको भैंसी बिक्रीमा पालिकाले जोड गरेरै रोक लगाएको अध्यक्ष क्षेत्रीको भनाई छ । ‘हामीले कानूनमा व्यवस्था भए अनुसार नै सूचना जारी गरेका हौं । मासुजन्य प्रयोजनका लागि पशु चौपायाको बिक्री वितरण गर्न पाइँदैन । कि सरकारले कानून परिवर्तन गर्नुपर्यो कि कानूनी व्यवस्था कार्यान्वयन । पालिकाभित्र उत्पादन वृद्धि गर्न हेतु हामीले कानूनको कार्यान्वयन गरेको मात्र हौं’ अध्यक्ष क्षेत्रीले भने । 

गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार