मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्‍यो ३ अर्ब ९६ करोडको व्यापार

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ असार २०८२, आइतबार

अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४÷२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार उद्योगले सो बरारबको व्यापार गरेको पाइएको हो ।

यस कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको हो ।कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

तर, हाल आर्थिक मन्दीका कारण निर्माण कार्यहरु सुस्त भएको र सिमेन्ट उद्योगहरुको आन्तरिक रुपमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण विगतको तुलनामा व्यापार घटेको देखिएको हो । यो उद्योग सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका समूहजस्ता अनुभवी व्यावसायिक घरानाद्वारा सञ्चालित छ । उद्योग सञ्चालकहरु निर्माण, व्यापार, बैंकिङ, बिमालगायतका क्षेत्रमा लामो समय अनुभव सँगालेका व्यक्ति तथा संस्था हुन् ।

अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया अर्गानाइजेसनको १७.५ प्रतिशत र भारतीय सिमेन्ट उद्योग उम्मा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले प्रतिवर्ष १ मिलियन टन क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार