मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

शैक्षिक क्यालेण्डर लागू नहुनुको प्रमुख कारण दलीय प्रभाव हो : मन्त्री भट्टराई

Ujyalosandeshonline 11013+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

काठमाडौं । शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयहरुमा शैक्षिक क्यालेण्डर लागु नहुनुको प्रमुख कारण दलीय प्रभाव भएको बताएकी छिन् ।

नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन् ।

‘शिक्षा क्षेत्रलाई राम्रोसँग स्थापित गर्नुपर्छ भन्ने विषयमा आजपनि हामी छलफल गरिरहेका छौं । विश्वविद्यालयहरुमा देखिएको प्रमुख चुनौति भनेको विश्वविद्यालयको क्यालेण्डरलाई हामीले फलो गर्न सकेका छैनौं । क्यालेण्डरलाई फलो गर्न नसक्नुको प्रमुख कारण भनेको त्यहाँ भएको दलीय प्रभाव नै हो । दलीय हस्तक्षेप नै हो भन्ने निष्कर्षमा पुगेका छौं । दलीय हस्तक्षेपलाई निरुत्साहित गराउनका लागि शिक्षा मन्त्रालय विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पर राख्नका लागि विश्व विद्यालयलाई नीतिसँग कसरी जोड्ने भन्ने छलफल गर्दैछौं,’ उनले भनिन् ।

विश्वविद्यालयहरु बीच पारस्परिक सम्बन्ध स्थापित नभइसकेको उनको भनाइ थियो ।

अन्य विश्विविद्यालयलाई गाली गरेर आफू राम्रो बन्ने परिपाटी राजनीतिक चरित्र भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा यसको अन्त्य गर्ने दाबी गरिन् ।

‘विश्वविद्यालयहरुबीच पारस्परिक सम्बन्ध स्थापना भइसकेको छैन । एकले अर्को विश्विद्यालयलाई दोष देखाएर कसरी आकर्षित गर्न सक्छन् । सबै विश्वविद्यालयले आफूलाई राम्रो भनिरहँदा अरुलाई दोष दिनुपर्छ भन्ने मलाई लाग्दैन । म यस कारण राम्रो छु भनेर व्याख्या गर्न पाइयो । हाम्रो राजनीतिले सिकाएको चरित्रको कारण अरुलाई नराम्रो देखाउन सकियो भने आफू राम्रो भइन्छ भन्ने,’उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार