मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

स्कूल बसको ठक्करले भारतीय नागरिकको मृत्यु

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

जनकपुरधाम । धनुषाको जनकपुरधाममा स्कूल बसको ठक्करले एक जना पुरुषको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे आठ बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नम्बर २३ स्थित श्रीराम बोर्डिङ स्कूलको बसले ठक्कर दिएपछि २७ वर्षिय ममताज कवारीको मृत्यु भएको हो ।

बा २ प ७६० नम्बरको स्कूल बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुर बस्दै आएका कवारीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजांदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने स्कूल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार