मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

मुगु । मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको  अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका शिक्षकहरु हिजो आज ब्रेल लिपि बाह्रखरी अक्षरहरु सिक्दै छन् ।

२०६५ सालबाट सन्चालन हुँदै आएको यो बिद्यालयमा ५ छात्रा र ६ छात्र गरी जम्मा ११ जना दृष्टिविहीन विद्यार्थी छन् । दृष्टिविहीन विद्यार्थीहरुलाइ ब्रेल लिपि शिक्षा दिने शिक्षक नहुँदा विद्यार्थीहरुको दैनिक पढार्ईमा निकै समस्या आएको थियो ।

जिल्लामा शिक्षा,स्वास्थ्य,आर्यआर्जन ,पर्यटन क्षेत्रमा काम गर्दै आएको गैरसरकारी सस्था छाँया नेपाल नामक सस्थाले यस श्री नेपाल आधारभूत बालमन्दिरका ६ जना शिक्षकहरुलाई ब्रेल लिपिबाट दिईने शिक्षाको लागि ब्रेल लिपि बाह्रखरी अक्षरबाट शिक्षकहरुलाई  ५ दिने तालिम दिएको छ ।

विगतमा यस विद्यालयमा दृष्टिविहीन बालबालिकहरुलाई शिक्षा दिनका लागि एक जना शिक्षक भए पनि राज्यको नीति अनुसार उक्त शिक्षक स्थाई नभए पछि यस विद्यालमा ब्रेल लिपिबाट शिक्षा दिने शिक्षकहरुको कमि रहेको थियो ।

दृष्टिविहीन विद्यार्थिहरुको पढाईमा सहज गर्नको लागि विद्यालयबाट संस्थालाई धेरै पटक अनुरोध गरेपछि  ५ दिन भए पनि विद्यालयमा कार्यरत शिक्षकहरुलाई ब्रेल लिपिबाट शिक्षा सिकेर विद्यार्थीहरुलाई सिकाउनको लागि अंक,अक्षर,अंग्रेजि शिक्षासंगै खेलशिक्षा सहितको शिक्षा दिनको लागि तालिम आयोजना गरिएको छाँया नेपालका कर्णाली प्रदेशका कार्यकारी निर्देशक मिन बहादुर रावलले बताए । अहिले दृष्टिविहीन विद्यार्थीहरुको लागि कक्षा ५ सम्म कक्षा सन्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार