मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

यातायात अवरुद्ध भएपछि नेपाल एयरलाइन्सको भैरहवा-काठमाडौं चार्टर्ड उडान

Ujyalosandeshonline 11474+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

भैरहवा । बाढी, पहिरो र अन्य विपद्का कारण सडक यातायात अवरुद्ध भएपछि रुपन्देहीको भैरहवा क्षेत्रमा अलपत्र परेका यात्रुहरूका लागि नेपाल एयरलाइन्सले उद्धार उडानको घोषणा गरेको छ। नेपाल वायुसेवा निगमले सोमबार (आज) दिउँसो काठमाडौंबाट भैरहवा र भैरहवाबाट काठमाडौंका लागि चार्टर्ड उडान सञ्चालन गर्ने जनाएको छ।

निगमद्वारा जारी सूचना अनुसार, काठमाडौंबाट भैरहवाका लागि दिउँसो १ बजे उडान हुनेछ भने भैरहवाबाट काठमाडौंका लागि २:४५ बजे उडान तालिका तय गरिएको छ। यस उडानका लागि निगमले भाडादर समेत तोकेको छ। काठमाडौं-भैरहवाको भाडा ५ हजार रुपैयाँ र भैरहवा-काठमाडौंको भाडा ७ हजार रुपैयाँ निर्धारण गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतले दिएको जानकारी अनुसार, अलपत्र परेका यात्रुहरू, बिरामी र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई लक्षित गरी यो उडान गर्न लागिएको हो। १५८ सिट क्षमताको एयरबस ३२० जहाजबाट यो विशेष उडान सञ्चालन गरिनेछ। यसअघि आज राति ९ बजेका लागि तय भएको उडान प्राविधिक कारणवश रोकिएको थियो। अब सोमबार दिउँसोको उडानले धेरै यात्रुहरूलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार