मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

अर्घाखाँचीमा खुला तिज गित प्रतियोगिता हुने

अनिल नेपाली 141+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

अर्घाखाँची । नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा अर्घाखाँचीमा जिल्ला स्तरीय खुला तिज गित प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको सहजीकरणमा उक्त प्रतियोगिता हुन लागेको हो ।

"सामाजिक न्यायका लागि महिला सशक्तीकरण" भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८२ साल भदौ ८ गते आइतबारका दिन सन्धिखर्कमा बिहान ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा विद्यालय, बाल क्लब, युवा क्लब, आमा समूह, विभिन्न संघसंस्था तथा व्यक्ति विशेष समूहले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि समूह दर्ता मिति भदौ ७ गतेसम्म तोकिएको छ भने दर्ता शुल्क निःशुल्क रहेको छ । प्रतियोगितामा एउटा समूहमा नृत्य र गायन गरी बढीमा १२ जना सदस्य रहन सक्नेछन् । गीतको समय १० देखि १२ मिनेटसम्मको हुनुपर्नेछ भने वाद्यवादनको व्यवस्थापन सहभागी समूहले नै गर्नुपर्नेछ, जसको नम्बर पनि प्रतियोगितामा गणना गरिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ ।

टिम दर्ता तथा थप जानकारीका लागि कार्यक्रम संयोजक तथा प्रदेश सचिव अनिल नेपाली (९८५७०६६६०९) , जिल्ला अध्यक्ष कृष्ण परियार (९८५७०६३१४८) र उपाध्यक्ष नवीन रसाइली (९८४१५९७९०३) लाई सम्पर्क गर्न सकिनेछ । कार्यक्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार