मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोटहीमाई गाउँपालिकाले चलायो डोजर

Ujyalosandeshonline 11005+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

मर्चवार । सार्बजनिक रुपले आवतजावत गर्ने बाटोलाई कब्जा गरेको ठाउँमा कोटहीमाई गाउँपालिकाले डोजर चलाई खाली गराएको छ । कोटहीमाई गाउँपालिका वडा नं. ३ नैडिहवामा सार्बजनिक रुपले प्रयोग गरिएको सडकलाई अतिक्रमण गरी बाटो बन्द गरिएको भन्दै अदालतमा परेको मुद्दा सदर गरी जिल्ला अदालत रुपन्देहीले दिएको फैसला अनुसार जग्गा खाली गराइएको कोटहीमाई गाउँपालिका अध्यक्षबालकृष्ण त्रिपाठीले बताए । 

नौडिहवाका बादी (निवेदक) सीताराम कुर्मीले गाउँको मुख्य सडकबाट आफ्नो घर तिर जाने सडक सोही टोलका प्रहलाद अहिरले कब्जा गरेको र उक्त सडक सार्बजनिक रुपले प्रयोग गर्न पाउने भनी जिल्ला अदालत रुपन्देहीमा मुद्दा गरेपछि २०८० जेठ २४ गते जिल्ला अदालतले सिताराम कुर्मीको पक्षमा फैसाल सुनाएको थियो ।

फैसला पछि पनि अतिक्रमण गरिएको उक्त सडक सार्बजनिक रुपले प्रयोगमा नआएपछि सार्बजनिक रुपले भोग चलन गरी भनी पुनः जिल्ला अदालत रुपन्दहीमा मुद्दा गरेपछि २०८० पुस २० गते उक्त ठाउँमा रहेको घर टहरा हटाउन जिल्ला अदालतले फैसाला सुनाएको थियो । अदालतले गरेको फैसलालाई कर्यन्वयन गराउन त्यहाँको चलानी नं. १२१०२ बाट कोटहीमाई गाउँपालिका र ईलाका प्रहरी कार्यालयलाई निर्देशन दिएपछि सोही फैसला कार्यन्वयन गर्न सडकमा परेको घर टहरा हटाइएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।

यसपछि गाउँपालिका भित्र अन्य ठाउँमा पनि सर्बजनिक जग्गालाई गरिएको अतिक्रमण हटाउने तयारी बनाएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । सार्बजनिक जग्गा सबैको लागि भएकोले सबैले सार्बजनिक रुपले नै प्रयोग गर्न पाउने भनीे अतिक्रमण गरेका सबैले उक्त जग्गाहरुलाई समयमै छोडन उनले आग्रह गरेका छन् ।

अदालतले पठाएको निर्णयलाई अवहेलना गरी अतिक्रमण गरिएको बाटो खाली गराई सबैको हितकालागि काम गरिएको कोटहीमाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु नरायण पाण्डेयले बताए । आफ्नो वडा भित्र सार्बजनिक जग्गा अतिक्रमण गर्ने प्रति कडा रुपले उत्रिने वडाध्यक्ष पाण्डेयले जानकारी दिएका छन् । वडाध्यक्ष पाण्डेयले भने ‘सार्बजनिक जग्गा अतिक्रमणले समाजमा द्वान्द सिर्जना गर्दछ हरेक टोल बस्तीको सडकलाई हिलोमुक्त र सहज बनाउनु छ त्यसैले अतिक्रमण हैन संरक्षण गरौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार