मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राष्ट्रिय परिचय पत्र थुप्रिएपछि रुपन्देही प्रशासनले भन्यो–लिन आउनुहोस्

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

भैरहवा । राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिएर तयार भएको परिचय पत्र सर्वसाधरणहरुले लिन नगएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेर कार्ड लिनका लागि आग्रह गरेको छ ।

०७९ साल पौष महिना अघि परिचय पत्रका लागि आवेदन दिएका सर्वसाधरणहरुको परिचय पत्र कार्यालयमा रहेको बताइएको छ । र, उक्त कार्डहरु सर्वसाधरणले नलिएर कार्यालयमा थुप्रिएपछि सूचना जारी गर्नु परेको हो ।

‘२०७९ साल पौष महिना भन्दा पहिले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गर्नुभएका महानुभावहरुको राष्ट्रिय परिचयपत्र कार्ड यस कार्यालयमा प्राप्त भएकोमा धेरै महानुभावहरु राष्ट्रिय परिचय पत्रको कार्ड लिन नआउनुभएको हुँदा यो सुचना प्रकाशित गरिएको छ’, कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘अतः राष्ट्रिय परिचय पत्रको फाराम भरपाई र नेपाली नागरिकता प्रमाणपत्र साथमा लिई स्वयं व्यक्ति उपस्थित भई आफ्नो राष्ट्रिय परिचयपत्रको कार्ड लिनुहुन यो सूचना द्वारा सूचित गरिन्छ ।’

हेर्नुहोस् सूचना:

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार