मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सयपत्री फूलको माग धान्न धौ–धौ

Ujyalosandeshonline 11005+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् ।    

समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताउनुभयो । यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उहाँले जानकारी दिनुभयो ।     

अध्यक्ष गुरुङले भन्नुभयो, “हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । माग धान्न धौ धौ भएको छ । कतिपय व्यवसायीहरु फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ । गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।”   

आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताउनुभयो । उहाँले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताउनुभयो । “सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अरुलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ”, शाखाप्रमुख केसीले भन्नुभयो,“यस क्षेत्रमा मौत्र ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । करिब रु १५÷१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरुप उत्पादन भने भइरहेको छैन ।”     

यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ । सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म कायम गरिएको छ । गत वर्षको तुलनामा यसवर्ष प्रतिमालामा रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । “माग धान्न सकिएको छैन । अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ”, उहाँले भन्नुभयो, “फूलखेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् । पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ ।” 

यसवर्ष फूल कतार नपठाइने

यसवर्ष आन्तरिक माग बढी भएकाले अन्य देशहरूमा फूल निर्यात नगरिने गाउँपालिकाले जनाएको छ । गत वर्ष माला तयार गरी बिक्रीका लागि कतारमा पठाइएको थियो । यसैगरी कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनीमा हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला ‘बुकिङ’ गरिसकेको कृषि शाखाप्रमुख केसीले जानकारी दिनुभयो । छिम्केश्वरी–बूढीदेवी मन्दिरको बृहत्तर विकासका लागि छिम्केश्वरी पर्यटन विकास समितिले महायज्ञको आयोजना गर्दैछ । महायज्ञ मा पण्डित दीनबन्धु पोख्रेलले कथावाचन गर्ने कार्यक्रम छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार