मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुन ३ बाट

Ujyalosandeshonline 11005+ समाचार ( )
१० माघ २०८०, बुधवार

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण आगामी फागुन ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । प्रसारणका लागि टेलिभिजन र उत्पादक एड रिलिजबीच बुधबार राजधानीमा सम्झौता भएको छ ।

थ्री प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणमा यसपटक टेलिभिजनबाट ३३ भाग प्रसारण हुने निर्देशक विशाल भण्डारीले बताए । ‘यसपटक अघिल्ला दुई संस्करणमा भन्दा उत्कृष्ट प्रतिष्पर्धीहरु छन् । हामीले सोचेको भन्दा राम्रा प्रतियोगीहरु पाएका छौं,’ उनले भने, ‘हामीलाई राजनीतिक व्यंग्य गर्ने थलोका रुपमा धेरैले लिएको बुझेको छु । अघिल्ला दुई संस्करणमा बढी राजनीति केन्द्रीत भयो भन्ने आरोप पनि लागेको थियो ।

त्यसकारण यसपटक राजनीतिक विषयवस्तु भन्दा पनि प्रतिष्पर्धीको शैलीलाई प्राथमिकता दिएको उनले बताए । कान्तिपुर टेलिभिजनका सीइओ शिशिर पछाईले आफूहरुले दुई वर्षदेखि ‘कमेडी च्याम्पियन’का लागि गरिरहेको मिहिनेतलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताए ।

शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । खल्ती एपले भोटिङमा सहकार्य गरेको छ । शोमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल निर्णायक छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार