मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

Ujyalosandeshonline 12438+ समाचार ( )
५ असार २०८१, मङ्गलबार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो । सुरुआत भने खास रहेन । आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए । ८ ओभरमा १०२ रन पु¥याए । जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए । 

उनले ८ चौका प्रहार गरे । एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए । पाँचौं विकेटको रुपमा निकोलस पुरन आउट भएका थिए । उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए । आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे ।

अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एक एक विकेट लिए । विश्वकपमा वेस्टइन्डिले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार