मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन: मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
३ जेठ २०८३, आइतबार

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । उहाँले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री आचार्यले व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था आउने बताउनुभयो । उहाँले सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको स्मरण गर्नुभयो । उहाँले उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिने पनि बताउनुभयो ।

‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन । बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री आचार्यले अहिले नै निजी क्षेत्र समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण बने निजी क्षेत्र नै धरासायी हुने खतरा रहेको बताउनुभयो । निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए मुलुकको आर्थिक अवस्था झन् कमजोर बन्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।‘निजी क्षेत्रलाई उत्साहित बनाउने गरी प्रदेश सरकारले योजना बनाउँदैछ । यहाँहरुसँग बसेर योजना समावेश गरिनेछ,’उहाँले भन्नुभयो,‘स्थानीय उत्पादन वृद्धि, उद्यमशीलताको प्रवद्र्धन र बजार सुनिश्चितताका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार छ ।’ उहाँले युवालाई आकर्षित गर्ने र निजी क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रमसमेत प्रदेश सरकारले ल्याउने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार